बैंकहरुका नीतिका कारण मारमा परेको भन्दै व्यवसायीहरू कालोपट्टीसहित सडक प्रदर्शनमा – Naya Bikalpa
September 23, 2026, Wednesday      Epaper

बैंकहरुका नीतिका कारण मारमा परेको भन्दै व्यवसायीहरू कालोपट्टीसहित सडक प्रदर्शनमा

नयाँ विकल्प,

काठमाडौं – शुक्रबार भैरहवाका उद्योगी-व्यवसायी नेपाल राष्ट्र बैंक र बैंकहरुका नीतिका कारण मारमा परेको भन्दै कालोपट्टीसहित सडकमा प्रदर्शनमा उत्रिएका हुन्।

रुपन्देहीको उद्योग वाणिज्य संघकै अगुवाइमा व्यवसायीले राष्ट्र बैंकको भैरहवा कार्यालयमा ब्याजदर वृद्धिको विरोधमा ज्ञापनपत्र बुझाउँदै प्रदर्शनमा‌‌ उत्रिएका हुन्।

गत १ कात्तिकमा सुर्खेतका व्यवसायीले ‘बैंक बहिष्कार’ लेखेको ब्यानरसहित वीरेन्द्रनगरमा र्‍याली निकालेका थिए । २ कात्तिकमा व्यवसायीकै आहृवानमा नवलपरासीको बर्दघाट बजारसहित त्यहाँका सबै बैंक बन्द भए । सोही दिन नवलपरासीकै सुनवल बजार पनि बन्द भयो भने बिहीबार (३ कात्तिक)मा सुनवल बजारका बैंक तथा वित्तीय संस्थाका साथै नवलपरासीको परासी बजार र बैंक बन्द भए । बिहीबार इटहरीमा पनि उद्योगी व्यवसायी सडकमा आएका छन् ।

पूर्वबैंकर पर्शुराम कुँवर क्षेत्रीका अनुसार ब्याजदर वृद्धिको विरोध व्यवसायीकै आहृवानमा अत्यावश्क सेवाका रुपमा रहेको बैंक तथा वित्तीय सेवा नै बन्द गराइनु नौलो मात्रै नभएर गम्भीर घटना हो ।

निजी क्षेत्रले बैंक ब्याजदरसहित १ कात्तिकबाट कार्यान्वयनमा गएको चालुपूँजी कर्जा सम्बन्धी व्यवस्था र व्याजदर वृद्धिको विरोधमा व्यवसायीले देशव्यापी रुपमा आन्दोलन थालेका छन् ।

 

 

 

सम्बन्धित समाचार

नेपालका लागि चीनले हस्तान्तरण गर्‍यो एआईमा आधारित मौसम पूर्व–सूचना प्रणाली ‘माजु’
नेपालका लागि चीनले हस्तान्तरण गर्‍यो एआईमा आधारित मौसम पूर्व–सूचना प्रणाली ‘माजु’
  • २०७९ कार्तिक ४, २०: २६

काठमाडौं । चीनले नेपालको मौसमसम्बन्धी पूर्व–सूचना तथा विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कृत्रिम बुद्धिमत्ता (एआई)मा आधारित मौसम पूर्व–सूचना प्रणाली...

आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
  • २०७९ कार्तिक ४, २०: २६

काठमाडौं : हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
  • २०७९ कार्तिक ४, २०: २६

काठमाडौं : संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र शाह अमेरिका प्रस्थान गरेका छन् । उनी कतार एयरवेजमा दोहा...