टी–२० विश्वकप क्रिकेटमा न्युजिल्याण्डद्वारा अस्ट्रेलिया ८९ रनले पराजित – Naya Bikalpa
September 23, 2026, Wednesday      Epaper

टी–२० विश्वकप क्रिकेटमा न्युजिल्याण्डद्वारा अस्ट्रेलिया ८९ रनले पराजित

नयाँ विकल्प,

काठमाडौं – टी–२० विश्वकप क्रिकेटमा आज न्युजिल्याण्डले अस्ट्रेलियालाई ८९ रनले पराजित गरेको छ । न्यूजिल्याण्डको टोलीले अष्ट्रेलियालाई २०१ रनको लक्ष्य दिएको थियो तर अष्ट्रेलियाको टोली १११ रनमा समेटियो ।

शानदार ब्याटिङ प्रदर्शनपछि उत्कृष्ट बलिङ गर्दै न्युजिल्याण्डको टोलीले १७ ओभर र एक बलमा अस्ट्रेलियाको सम्पूर्ण टोलीलाई प्याभिलियन पठाएको थियो । अष्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले २८ रन बनाए । कप्तान आरोन फिन्चले मात्र १३ रन बनाउन सके । टिम साउथी र मिचेल सेन्टनरले सर्वाधिक ३–३ विकेट लिए ।

यसअघि न्युजिल्याण्डका लागि डेभन कोनवेले ५८ बलमा नटआउट ९२ रन बनाए । सोही क्रममा फिन एलेनले १६ बलमा ४२ रन जोड्न सफल भए । जेम्स निशामले १३ बलमा अविजित २६ रन बनाए भने कप्तान केन विलियम्सनले २३ रनको योगदान दिए ।

सम्बन्धित समाचार

राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबीच भेटवार्ता
राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबीच भेटवार्ता
  • २०७९ कार्तिक ५, १८: २९

काठमाडौं : राष्ट्रपति रामचन्द्र पाैडेलसँग कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भेट गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा बुधबार...

नेपालका लागि चीनले हस्तान्तरण गर्‍यो एआईमा आधारित मौसम पूर्व–सूचना प्रणाली ‘माजु’
नेपालका लागि चीनले हस्तान्तरण गर्‍यो एआईमा आधारित मौसम पूर्व–सूचना प्रणाली ‘माजु’
  • २०७९ कार्तिक ५, १८: २९

काठमाडौं । चीनले नेपालको मौसमसम्बन्धी पूर्व–सूचना तथा विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कृत्रिम बुद्धिमत्ता (एआई)मा आधारित मौसम पूर्व–सूचना प्रणाली...

आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
  • २०७९ कार्तिक ५, १८: २९

काठमाडौं : हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै...