प्रेरणाले दाइजो पाउने मुद्धा फेरि अदालतमा – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

प्रेरणाले दाइजो पाउने मुद्धा फेरि अदालतमा

काठमाडौं । सर्वोेच्च अदालतले पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा राज्यलक्ष्मी शाहले छाउनीस्थित घर जग्गा दाइजोमा पाएको भनी दाबी गरेको सम्पत्ति सम्बन्धी मुद्दामामा मिसिल झिकाउने भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेरजबरा, न्यायाधीश दीपककुमार कार्र्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीको संवैधानिक इजलाशले शुक्रबार ‘मिसिल झिकाउने आदेश दिएको हो ।

प्रेरणाको दाइजोसम्बन्धी विवादमा यसअघि दुई पटक सुनुवाइ भएर टुंगिएको थियो । सो विषयमा पुनः तेस्रो पटक सुनुवाइ हुने लागेको हो । प्रेरणाले छाउनीस्थित १५ रोपनी जग्गा र घर दाइजोमा पीता ज्ञानेन्द्र शाहले दिएको भन्दै पहिलो पटक २०७१ साल माघ २५ सर्वोेच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन् ।

तत्कालीन प्रधानन्यायाधीश रामकुमारप्रसाद साह र तत्कालीन न्यायाधीश जबराको संयुक्त इजलासले प्रेरणाको दाइजो ठहर गर्दै फैसला गरेको थियो । नेपाल ट्रष्टको कार्यालयले उक्त फैसलाको चित्त नबुझेपछि पुनरावलोकन निवेदन हालेको थियो ।

तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की, न्यायाधीश दीपककुमार कार्र्की र सपना मल्ल प्रधानको इजलासले पूर्व राजा वीरेन्द्र शाहको परिवारको सम्पत्ति भएको उल्लेख गर्दै सो सम्पति नेपाल ट्रष्टको भएको फैसला गरेको थियो ।

आफ्नो दाइजो भएको दाबी गर्दै सो फैसलामा चित नबुझेपछि प्रेरणाले सर्र्वोेच्च अदालतमा पुनः पुनरावलोकन निवेदन दायर गरेकी थिइन् । अदालतले विपक्षीलाई आवश्यक कागजात झिकाउन आदेश दिएपछि त्यस विषयमा पुनः सुनुवाइ हुने भएको हो ।

सम्बन्धित समाचार

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०७६ असार २३, ०७: २६

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०७६ असार २३, ०७: २६

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०७६ असार २३, ०७: २६

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...