
काठमाडौं । सर्वोेच्च अदालतले पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा राज्यलक्ष्मी शाहले छाउनीस्थित घर जग्गा दाइजोमा पाएको भनी दाबी गरेको सम्पत्ति सम्बन्धी मुद्दामामा मिसिल झिकाउने भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेरजबरा, न्यायाधीश दीपककुमार कार्र्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीको संवैधानिक इजलाशले शुक्रबार ‘मिसिल झिकाउने आदेश दिएको हो ।
प्रेरणाको दाइजोसम्बन्धी विवादमा यसअघि दुई पटक सुनुवाइ भएर टुंगिएको थियो । सो विषयमा पुनः तेस्रो पटक सुनुवाइ हुने लागेको हो । प्रेरणाले छाउनीस्थित १५ रोपनी जग्गा र घर दाइजोमा पीता ज्ञानेन्द्र शाहले दिएको भन्दै पहिलो पटक २०७१ साल माघ २५ सर्वोेच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन् ।
तत्कालीन प्रधानन्यायाधीश रामकुमारप्रसाद साह र तत्कालीन न्यायाधीश जबराको संयुक्त इजलासले प्रेरणाको दाइजो ठहर गर्दै फैसला गरेको थियो । नेपाल ट्रष्टको कार्यालयले उक्त फैसलाको चित्त नबुझेपछि पुनरावलोकन निवेदन हालेको थियो ।
तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की, न्यायाधीश दीपककुमार कार्र्की र सपना मल्ल प्रधानको इजलासले पूर्व राजा वीरेन्द्र शाहको परिवारको सम्पत्ति भएको उल्लेख गर्दै सो सम्पति नेपाल ट्रष्टको भएको फैसला गरेको थियो ।
आफ्नो दाइजो भएको दाबी गर्दै सो फैसलामा चित नबुझेपछि प्रेरणाले सर्र्वोेच्च अदालतमा पुनः पुनरावलोकन निवेदन दायर गरेकी थिइन् । अदालतले विपक्षीलाई आवश्यक कागजात झिकाउन आदेश दिएपछि त्यस विषयमा पुनः सुनुवाइ हुने भएको हो ।
काठमाडौं : प्रतिनिधिसभा बैठक साउन १४ गतेसम्मका लागि स्थगित भएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकको अन्तिममा सभामुख डोलप्रसाद अर्यालले आगामी...
काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पुरुष टी–२० विश्वकप र एकदिवसीय (ओडीआई) विश्वकपको ढाँचामा व्यापक परिवर्तन गर्ने निर्णय गरेको...
काठमाडौँ : चालु वर्ष असार महिना सकिन लाग्दासम्म देशभर धान रोपाइँ करिब ५५ प्रतिशत पुगेको छ। कृषि तथा पशुपन्छी विकास...