मोटरबोट चल्न थालेपछि नारायणीमाआन्तरिक पर्यटकको भीड – Naya Bikalpa
March 29, 2024, Friday

मोटरबोट चल्न थालेपछि नारायणीमाआन्तरिक पर्यटकको भीड

काठमाडौं । नारायणी नदीमा मोटरबोट सञ्चालन हुन थालेको छ । पानीको बहाब बढेपछि रोकिएका मोटरबोट चाडपर्वसँगै सञ्चालन हुन थालेका हुन् । असार, साउन र भदौ महिनामा नदीमा बाढी आउने भएकाले तीन महिना मोटरबोट बन्द हुने गर्छन् । पछिल्लो समय नारायणी नदीमा मोटरबोट चल्न थालेपछि मनोरन्जन लिने आन्तरिक पर्यटकको भीड लाग्न थालेको छ ।

यसबर्ष ढिला सुरु भएको र मनसुनका कारण नदीमा दशैँसम्म बाढी आएकाले मोटरबोट सञ्चालनमा ढिलाइ भएको नारायणी मोटरबोट व्यवसायी संघका अध्यक्ष अशेष मल्लले बताए । उनले अब जेठसम्म नियमित मोटरबोट सञ्चालन हुने र बिदाको दिन मोटरबोट चढ्न आउनेको सख्या उल्लेख्य हुने गरेको मल्लले जानकारी दिए ।

विसं २०७६मा एउटाबाट सुरु भएको मोटरबोट अहिले साना ठूला गरी २० वटा सञ्चालनमा छन् । मोटरबोट कम्पनीले अहिले दुई ठाउँबाट सेवा दिइरहेका छन् । नारायणीको पुलदेखी मजुवा टापु पोखरा बसपार्कसम्म छोटो दूरी र मजुवा टापु पोखरा बसपार्कदेखि गैडाकोटको राधाकृष्ण मन्दिरसम्म लामो दूरी तोकिएको छ ।

एकपटकमा ठूला मोटरबोटमा १८ देखि २५ जनासम्म यात्रु अटाउँछन् । यस्तै साना मोटरबोटमा छदेखि १२ जनासम्म यात्रु चढाउने गरिन्छ । छोटो दूरीमा प्रतिव्यक्ति रु २५० र लामो दूरीमा प्रतिव्यक्ति रु ५०० तोकिएको छ । त्यहाँबाट उठेको रकमको २० प्रतिशत कर भरतपुर महानगरपालिकाले लिने गरेको छ ।

नारायणीमा ४० एचपीको इन्जिनदेखि दुईसय एचपीको इन्जिनसम्मका बोट रहेको अध्यक्ष मल्लले बताए । दैनिक चारसयदेखि पाँचसय जनाले नारायणीमा मोटरबोट चढ्ने गरेको उनको भनाइ छ । बिदाको दिनमा भने एक हजार जनासम्मले मोटरबोट चढ्ने गरेका छन् ।

नदी किनारमा घुम्न आउने अधिकाँस आन्तरिक पर्यटकहरु यहाँ जलबिहार गर्न रुचाउँछन् । यो यात्रामा यात्रुले नगरवन, गैंडाकोट, रिभरक्विन टापु, मौलाकालिका मन्दिर, हिमशृङ्खलालगायतको दृश्यावलोकन गर्न पाउँने भएकाले पनि यहाँ आउने गरेका छन् ।

सम्बन्धित समाचार

एक सय ५९ खानी उत्खननका लागि अनुमति
एक सय ५९ खानी उत्खननका लागि अनुमति
  • २०७९ कार्तिक १२, ०७: १५

काठमाडौं। खानी तथा भूगर्भ विभागले विभिन्न समयमा खोज तलास गरिएका एक सय ५९ खानीलाई उत्खनन गर्नका लागि अनुमतिपत्र प्रदान गरेको...

मन्त्रीहरूलाई राष्ट्रियसभामा उपस्थित भई जवाफ दिन दाहालको निर्देशन
मन्त्रीहरूलाई राष्ट्रियसभामा उपस्थित भई जवाफ दिन दाहालको निर्देशन
  • २०७९ कार्तिक १२, ०७: १५

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले मन्त्रीहरूलाई सभामा उपस्थित भई प्रादेशिक सरोकार समयमा उठेको प्रश्नको जवाफ दिन निर्देशन दिएका छन्...

राष्ट्रियसभा उपाध्यक्ष अर्यालको राजीनामा स्वीकृत
राष्ट्रियसभा उपाध्यक्ष अर्यालको राजीनामा स्वीकृत
  • २०७९ कार्तिक १२, ०७: १५

  काठमाडौं । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले शुक्रबार बसेको...