मुस्ताङको चिसो मौसमलाई तताउँदै युवा उम्मेदवारहरु – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

मुस्ताङको चिसो मौसमलाई तताउँदै युवा उम्मेदवारहरु

काठमाडौं । हिमालपारीको जिल्ला मुस्ताङमा कात्तिक पहिलो सातादेखि नै चिसो हुस्सु र हिउँले छोप्न थालेको छ । तर आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनले मुस्ताङको चिसोलाई तताउँदै लगेको छ ।

मुलुकको सबैभन्दा दोश्रो कम मतदाता र जनसङ्ख्या रहेको मुस्ताङमा एउटा मात्र निर्वाचन क्षेत्र छ । जहाँ प्रमुख राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमालको तर्फबाट एउटा प्रतिनिधिसभा क्षेत्र र दुई वटा प्रदेश सभा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका छन् । जहाँ राप्रपा नेपालले प्रतिनिधिसभामा र राप्रपाले प्रदेशसभा ‘ख’मा उम्मेदवारी दिएको छ ।

मुस्ताङमा यो पटक नेपाली कांग्रेसले उम्मेदवार बनाएका तीनै जना युवा नेताहरु छन् । कांग्रेसले २९ वर्षे युवक योगेश गौचन थकालीलाई प्रतिनिधि सभामा, ३४ वर्षे युवक नम्डु गुरुङलाई प्रदेश सभा‘क’ मा र ३९ वर्षे युवा विकल शेरचनलाई प्रदेश सभा ‘ख’ मा उम्मेदवार बनाएको छ ।

२९ वर्षका युवक थकालीसँग एमालेका ६० वर्षिय प्रेमप्रसाद तुलाचन, राप्रपा नेपालका ५८ वर्षका बृद्ध प्रबिणकुमार शेरचन र राष्टिय स्वतन्त्र पार्टीका सुरेश गुरुङ चुनावी प्रतिष्पर्धामा छन् । प्रदेश सभा ‘क’ मा कांग्रेसका गुरुङसँग एमालेकी इन्द्रधारा डादु विष्ट प्रतिष्पर्धामा छन् ।
प्रदेश सभा ‘ख’ मा कांग्रेसका शेरचनसँग एमालेका चन्द्रमोहन गौचन र राप्रपाका कर्म डोल्कर गुरुङले प्रतिष्पर्धा गर्दैछन् । प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनका तर्फबाट कांग्रेसका योगेश गौचन थकालीको उम्मेदवारीले मुस्ताङमा हलचल ल्याएको छ ।

मुस्ताङमा दुई स्वतन्त्र उम्मेदवारसहित १३ जनाले मनोनयपत्र दर्ता गरे पनि चार जनाले उम्मेदवारी फिर्ता गरेका छन् । प्रतिनिधिसभामा स्वतन्त्रबाट डा.सुरेन्द्र शेरचन, सुरज लालचन र मानबहादुर विकको उम्मेदवारी परे पनि उनीहरुले फिर्ता लिएका थिए ।

लामो समय कोरोना कहरका कारण थलिएको मुस्ताङको पर्यटन व्यवसायलाई फेरि चलायमान बनाउन, सडक बिस्तार र स्तरोन्नति गर्न तथा खानेपानीको सेवा बिस्तारको मतदाताको मागलाई उम्मेदवारहरुले पुरा गर्ने बाचा गरिरहेका छन् ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का अनुसार यो वर्षको पछिल्लो तीन महिनामा मुस्ताङमा सडकमार्ग र हवाईमार्ग हुँदै नौ हजार बढी विदेशी पर्यटक भित्रिएका छन् ।

वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा १० हजार चार सय ८५ मतदाता रहेको यहाँ सात हजार पाँच सय ५७ मत खसेको थियो । वडाध्यक्षले गत स्थानीय तहमा पाएको मतभारलाई हेर्दा एमाले एक सय ८४ मतले मात्र कांग्रेसभन्दा अघि छ । पछिल्लो ७ महिनामा करिब पाँच सय मतदाता नयाँ थपिएका छन् ।

यो जिल्लाको प्रदेश ‘ख’मा तल्लो मुस्ताङका थासाङ, घरपझोङ र बारागुङ मुक्तिक्षेत्र गाउँपालिका जहाँ एमालेले अध्यक्ष दुई र उपाध्यक्ष एक पद जितेको थियो भने कांग्रेसले एक अध्यक्ष र दुई उपाध्यक्ष जितेको थियो । मुस्ताङको प्रदेश ‘क’ मा लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिका पर्दछन् ।

स्थानीय तहको मतपरिणामअनुसार प्रदेश ‘क मा एमालेले गठबन्धनभन्दा वडाध्यक्षतर्फ दुई स ३४ मत बढी पाएको छ । मुस्ताङको पर्यटकीय विकास, सडक पूर्वाधार, कृषिको आधुनिकीकरण र जनतालाई शिक्षा, स्वास्थ्यलगायतका आधारभूत आवश्यकताको प्रत्याभूति गराउँदै पिछडिएका वर्ग र समुदायको उत्थानको एजेण्डा आफ्नो प्राथमिकतामा रहेको कांग्रेस उम्मेदवार थकाली बताउँछन् ।

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
  • २०७९ कार्तिक १६, १७: ५४

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन्  । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...

जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०७९ कार्तिक १६, १७: ५४

काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०७९ कार्तिक १६, १७: ५४

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...