बेस्ट इलिमेन्ट्रि मन्टेस्वरी स्कुलको चरम लापरबाहीले ११ वर्षे बालकको मृत्यु – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper
प्रहरी नपुग्दै घटनास्थलकाे प्रमाण नष्ट :आफन्तहरू आक्राेशित

बेस्ट इलिमेन्ट्रि मन्टेस्वरी स्कुलको चरम लापरबाहीले ११ वर्षे बालकको मृत्यु

काठमाडौं । स्कुल व्यवस्थापनको चरम लापरबाहीका कारण काठमाडौं महानगरपालिका–२ लाजिम्पाटस्थित बेष्ट इलेमेन्ट्रि मन्टेस्वरी स्कुलका विद्यार्थी आयुस्मान दाहालको बिहीबार निधन भएको छ ।

राजधानीको सामाखुसी बस्ने दाहाल बेष्ट इलिमेन्ट्रि मन्टेश्वरी स्कुलको कक्षा ५ मा अध्ययन गर्ने विद्यार्थी हुन् । बुधबार साँझ स्कुलबाट बा.१ क ४६४२ नम्बरको स्कुल बसमा घर फर्कने क्रममा गम्भीर घाइते भएका दाहालको शिक्षण अस्पताल महाराजगञ्जमा भोलीपल्ट बिहान ३ः३० बजे उपचारको क्रममा मृत्यु भएको हो ।

घर फर्किने क्रममा गाडीको देर्बेपट्टी पछाडि सीटमा बसेका आयुष्मानले झ्यालबाट टाउको निकाल्दा रुखमा ठोकिएर घाइते भएको स्कुल व्यवस्थापनले दाबी गरेको छ । तर स्कुल व्यवस्थापनको कमजोरीका कारण स्कुल समयमा विद्यार्थीको रेखदेख नगर्ने, चालकले गाडी चलाउँदा दायाँबाँया नहेरी सवारी हाक्ने हुँदा कतिपय बालबालिकाले अकालमै मृत्यु हुनु परेको छ ।

घटनामा विद्यालय प्रशासनको कमजोरीले गर्दा आयुष्मानको मृत्यु भएको पीडितका आफन्तहरु बताउँछन् । सवारी चालकमाथि पीडितहरुले मुलुकी अपराध सँहिता दफा ९३ अनुसार मुद्धा दर्ता गर्न प्रहरीसँग आग्रह गरेका छन् । स्कुल व्यवस्थापनको लापरबाहीका कारण आयुष्मानको मृत्यु भएसँगै दाहाल परिवारमा सन्नटा छाएको छ । घरमा छोराको बाटो हेरेर बसेकी उनकी आमा छोरा अब कहिल्यै नफर्किने खबरले मूर्छित छिन् ।

नौ महिना कोखमा बोकेर हुर्काएको छोराको ११ वर्षकै कलिलो उमेरमा मृत्यु हुँदा आयुष्मानकी आमाको पीडा जति नै शब्दमा भने पनि कम हुन्छ । छोरा गुमाएर पीडामा रहेका बुबाआमा बोल्न सक्ने अवस्थामा छैनन् । उनका मामा पनि भावविवहल हुँदै आयुष्मान मुनि ४ वर्षका भाई भएको बताउँछन् ।

चितवनको रत्ननगर –१० स्थायी घर भए पनि आयुष्मान काठमाडौंमा नै जन्मि हुर्किएका हुन् । उनका बुबा केशव दाहाल ट्राभल्स एजेन्सीमा र आमा सजना दवाडी (दाहाल) सेञ्चुरी बैंकमा कार्यरत छिन्।
हरेक विद्यालयले आफ्ना विद्यार्थीको सुरक्षित विद्यालय यात्राको प्रत्याभुति गराउनु पर्ने हो । तर, बेष्ट इलेमेन्ट्रि मन्टेस्वरी स्कुलले अगाडिको साघुरो बाटो छेकेर छेउमा रहेका रुख नजिकबाट सवारी चालाउने गर्दा दुर्घटना भएको विद्यार्थीहरु बताउँछन् ।

विद्यालयको लापरवाही यस्तो थियो –

विद्यालय व्यवस्थापनले आयुष्मानले झ्यालबाट टाउको निकाल्दा दुर्घटना गराएको दाबी गरे पनि पीडित परिवार त्यो मान्न तयार छैनन् । पहिला नै गाडी अगाडि पछाडि गर्दा बालकको झ्यालको रडमा टाउको ठोकिएको र टाउको फुटेर रक्तामे भएर बेहोस भएपछि झ्यालबाट टाउको बाहिर निस्किएको पीडित पक्षको दाबी छ ।

साना विद्यार्थीहरु सवारी साधनको सिटमा कुन अवस्थामा कसरी बसेको छ भन्ने कुरा यकिन नगरी सवारी अगाडि पछाडि गरेको र बच्चाको दायाँतर्फ चोट लाग्नु पर्नेा बाँया पट्टी बच्चाको चोट देखिएको बालकका आफन्तले बताएका छन् । रक्तामे अवस्थामा बेहोस बालक आयुष्मानको आधा शरीर लत्रिएर झ्याल बाहिर निस्केको र त्यसपछि उनलाई अस्पताल लगिएको एक प्रत्यक्षदर्शीले बताए ।

प्रत्यक्षदर्शीको भनाइ र गाडी धसारिएको रुखमुनि राताम्मे बगेको रगतमा पानी हालेर पखाल्नुले घटना शंकास्पद देखिएको र बिद्यालय व्यवस्थापनले चरम लापरबाही गर्दै गल्ती ढाकछोप गर्न पानी हालेर पखालेको पिडित पक्षको आरोप छ । विद्यालय व्यवस्थापनको कमजोरी र लापरवाहीप्रति आयुष्मानका आफन्त र अन्य अभिभावक स्कुल व्यवस्थापनमाथि खनिएका छन् । यत्रो ठूलो घटना हुँदा पनि स्कुल प्रशासनले मानवीयता नदेखाएको भन्दै उनीहरु आक्रोशित बनेका हुन् । प्रहरीले घटनास्थलकाे मुचुल्का तयार नगर्दै घटनास्थलमा घाइतेकाे रगत पानी हालेर पखालेकाेले  पीडित पक्षकाे दाबी छ ।

स–सान विद्यार्थीमाथि विद्यालयको खेलवाड
विद्यार्थीलाई स्कुलमा भित्र्याउन अनेकन अफर देखाएर अभिभावक रिजाउन सक्ने स्कुलले विद्यार्थीको सुरक्षाको विषयमा संवेदनशील नभई पैसाको लागि अर्काका स –साना नानीहरुप्रति खेलवाड गरिरहेको छ । शिक्षाको व्यापार गर्ने यस्ता स्कुलले पुराना सवारी साधन भाडामा लिएर स –साना विद्यार्थीलाई भेडाबाख्राको शैलीमा कोचाकोच गरी ओहोर दोहोर गरिरहेका छन् ।

अभिभावकहरुले मौका पर्दा विद्यालयका चालकहरु मदिरा सेवन गरी सवारी चालाउँदा समेत विद्यालय प्रशासनले मतलब नगरेको आरोप लगाएका छन् । कालिला बालबालिकालाई बढेमानको किताबको भारी बोकाएर घरबाट स्कुल र स्कुलबाट घर ओहोर दोहोर गर्नुपर्ने बाध्यता र भेडाबाख्राको शैलीमा स्कुल बसले बालबालिकालाई कोच्ने गरेका छन् ।

ठूला व्यक्तिको नाम बेचेर स्कुलहरु फाइदा लुटिरहने र शिक्षाको व्यापारीकरण भएको अभिभावकहरु बताउँछन् । ‘गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता’ भन्दै विद्यार्थीसँग चर्को भर्ना शुल्क लिन पल्किएकाले कलिला विद्यार्थीको जीवनसँग खेलवाड गरिरहेको अभिभावकहरु बताउँछन् ।

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
  • २०७९ कार्तिक १८, १५: १७

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन्  । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...

जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०७९ कार्तिक १८, १५: १७

काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०७९ कार्तिक १८, १५: १७

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...