संसदीय छानबिन समिति गठन नभए विपक्षीले सभामुख घेर्ने – Naya Bikalpa
June 24, 2026, Wednesday      Epaper

संसदीय छानबिन समिति गठन नभए विपक्षीले सभामुख घेर्ने

काठमाडौं । नेपाली कांग्रेसले सर्लाहीमा भएका तीन घटनाका विषयमा संसदीय छानबिन समिति गठन नगरे सभामुखको आसन समेत घेर्ने योजना बनाएका छन् । सर्लाहीको ईश्वरपुर र बाँकेको जंगलमा भएका घटनाको विषयमा संसदीय छानबिन समिति गठन नगरेको भन्दै २४ र २५ असारमा प्रतिनिधिसभाको रोस्ट्रम घेर्दै आएको कांग्रेसले माग पूरा नभए सभामुखको आसन नै घेर्ने निष्कर्षमा पुगेको हो ।

हाल संघीय संसदमा भइरहेको अवरोधका विषयमा जानकारी दिने उदेश्यले राजधानीमा आयोजित छलफल कार्यक्रममा कांग्रेसको प्रतिनिधिसभाका प्रमुख सचेतक बालकृष्ण खाँडले भने, ‘विगतमा रोस्ट्रम मात्र घेराउ ग¥यौं, अब सभामुखसम्म नै पुग्छौं ।’ संसदीय मामिला हेर्ने पत्रकारसँगको छलफलमा खाँडले आफूहरुको माग नसुन वेल घेराउबाट अघि बढ्न बाध्य हुने बताए । उनले भने, ‘जतिसुकै सुरक्षाकर्मी परिचालिनत गरे पनि हामीले चाह्यौं भने हामी सभामुखसम्मै पुग्छौं ।’

सभामुख कृष्णबहादुर महराको भूमिकाप्रति चरम असन्तुष्ट बनेका खाँडले सरकारको सहयोगीका रुपमा वा छायाका रुपमा सभामुख प्रस्तुत भएमा परिणाम राम्रो नहुने बताए । उनले सर्लाही घटनाको विषयमा राज्य व्यवस्था वा कानून समितिले नभई मूल हाउसबाटै छानबिन समिति गठन हुनुपर्नेमा जोड दिए ।

५ असारमा विप्लव माओवादी सर्लाहीका संयोजक कुमार पौडेलको दोहोरो झडपमा निधन भएको दाबी गरिए पनि दुई ठाउँ हात भाँचिएको मान्छेबाट त्यस्तो सम्भव नभएकोले संसदीय छानबिन जरुरी भएको खाँडले बताए । सरकारले हृदय शून्यताको व्यवहार प्रस्तुत गरेको भन्दै खाँडले प्रश्न गरे, ‘हवाई फायर गर्दा कुनै व्यक्तिको टाउकोमा कसरी गोली लाग्छ ?”

भेटघाटमा राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षी दलका नेता सुरेन्द्रप्रसाद पाण्डेले सरकारको भूमिकाले लोकतन्त्र, संघीयता र अहिलेको परिवर्तन नै संकटमा परेको बताए । छलफलमा प्रतिनिधिसभामा कांग्रेसका सचेतक पुष्पा भुसाल र राष्ट्रिय सभामा प्रतिपक्षी दलकी सचेतक सरिता प्रसाईं र छाया सरकारका सञ्चारमन्त्री बहादुरसिंह लामाको उपस्थित थिए ।

सम्बन्धित समाचार

सार्वजनिक स्थलमा अश्लील हर्कत गर्ने ४ जना पक्राउ
सार्वजनिक स्थलमा अश्लील हर्कत गर्ने ४ जना पक्राउ
  • २०७६ असार ३१, ०८: ००

काठमाडौं : विराटनगर महानगरपालिका– १ मा रहेको परोपकार घाटमा मध्यरातमा अश्लील कार्य गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।...

तराईमा तापक्रम निरन्तर बढ्दै, सतर्कता अपनाउन आग्रह
तराईमा तापक्रम निरन्तर बढ्दै, सतर्कता अपनाउन आग्रह
  • २०७६ असार ३१, ०८: ००

काठमाडौं : तराई क्षेत्रमा निरन्तर तापक्रम वृद्धि भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले तराई भेगका सर्वसाधारणलाई तातोबाट जोगिन र...

रास्वपा महाधिवेशन : ८० विद्युतीय उपकरणबाट मतदान
रास्वपा महाधिवेशन : ८० विद्युतीय उपकरणबाट मतदान
  • २०७६ असार ३१, ०८: ००

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत आज हुने निर्वाचनमा ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने भएको छ ।...