
मोरङ . प्रदेश नम्वर १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री तथा मोरङ क्षेत्र नं ३ ‘क’ बाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका उम्मेदवार शेखरचन्द्र थापाको बुधबार बिहान निधन भएको छ ।
गत असोज २३ गते उम्मेदवारी दिएका थापा २४ गते बिरामी भएपछि थापालाई विराटनगरस्थित नोबेल मेडिकल कलेजमा भर्ना गरिएको थियो । थप उपचारका लागि गत असोज २७ गते थापालाई काठमाडौंस्थित ह्याम्स अस्पतालमा उपचार भएको थियो ।
करिव १७ दिन आईसीयुु र ५ दिन जनरल बेडमा राखिएका थापालाई दुई दिनअघि मात्र बिराटनगर ल्याइएको थियो । निमोनियाका कारण स्वास्थ्यमा खराबी आएपछि थापा बिरामी भएका थिए । स्वास्थ्यमा सुधार आएपछि मतदाताको भेटघाटका लागि सहज हुने भन्दै बिराटनगरस्थित नोबेल अस्पतालमा उनको उपचार भइरहेको थियो ।
नोबेल मेडिकल कलेजका अनुसार थापाको आज बिहान १० बजेर ४० मिनेटमा निधन भएको हो । उनको मृत्यु भएसँगै मोरङ क्षेत्र नम्बर ३ ‘क’ को प्रदेशसभाको निर्वाचनका लागि नयाँ प्रक्रिया हुने भएको छ । थापा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका थिए ।
मोरङको क्षेत्र नम्वर ३ मा प्रतिनिधिसभा तर्फ डा. शुनिल शर्माले सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका छन् भने एमालेले पूर्वस्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई उम्मेदवार बनाएको छ । ३ ‘क’मा थापासँग एमालेका दिलिप राईले उम्मेदवारी दिएका छन् ।
थापाका सहयोग ज्ञानु कटुवालका अनुसार उनलाई क्याप्सिका निमोनिया भएको थियो । उनलाई दुई दिन अगाडि बेड रेस्टको लागि भन्दै नोबेल अस्पताल ल्याइएको थियो । ५८ वर्षी थापाको साथमा उनकी श्रीमती लक्ष्मी कार्की र छोरा सुलभ थापा छा् ।
२०५७ सालदेखि लगातार ८ वर्षसम्म गिरिजाप्रसाद कोइरालाको पर्सनल असिस्टेन भएर काम गरेका थापा हाल प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री थिए । उनलाई सो क्षेत्रमा सादगी र आदर्शवान नेताको रुपमा सर्वसाधरणले लिने गर्छन् ।
२०७० सालको संविधानसभा निर्वाचनमा मोरङको सोही क्षेत्रबाट लडेका उनी तत्कालीन एमाले नेता चण्डी राईसँग पराजित भएका थिए । ०७४ सालमा काँग्रेसबाट उनी प्रदेशसभामा समानुपातिक कोटाबाट आएका सांसद बनेका थिए ।
निर्वाचन आयोगले उनको निधन भएपनि त्यहाँ निर्वाचन नरोकिने भएको छ । आयोगले त्यहाँ आजैबाट उम्मेदवार मनोनयन प्रक्रिया अघि बढाउने प्रवक्ता शालिग्राम पौडेलले बताएका छन् ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...
काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...