सत्ता गठबन्धनको सहयोगमा चुनाव जित्ने धमलाको दाबी – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper
पूर्वमन्त्री श्रेष्ठ प्रतिष्पर्धामा

सत्ता गठबन्धनको सहयोगमा चुनाव जित्ने धमलाको दाबी


काठमाडौ । मुलुकको राजाधानी काठमाडौं जिल्लाको क्षेत्र नम्वर ९ मा चर्चित महिला नेतृ तथा पूर्वमन्त्री कल्पना धमलाले चुनावी प्रचारलाई तीब्र बनाएकी छन् । राजनीतिलाई पेशा नबनाई सेवा हो भन्ने ठानेर आफू लागेको बताउने धमला आफू ६० वर्षसम्म मात्र सक्रिय राजनीतिमा रहने बताएकी छन् ।

चुनाव प्रचारको क्रममा काठमाडौं महानगरपालिका, चन्द्रागिरी नगरपालिका र नागार्जुन नगरपालिकाका मतदातासँगको भेटमा धमलाले आफू सत्तारुढ गठबन्धनको सहयोग र समर्थनमा उम्मेदवार भएको भन्दै त्यसकै जगमा आफ्नो योजना र कार्यक्रमको आधारमा मतदाताको मन जित्न सफल भएको दाबी गरेकी हुन् ।

काठमाडौं क्षेत्र नम्वर ९ मा रहेका ऐतिहासिक र पुरातात्विक मठ मन्दिर, चैत्य र गुम्बाको संरक्षण र सम्द्र्धन गर्दै स्थानीय मुर्त र अमुर्त कला संस्कृतिको जगेर्ना गरी पर्यावरणको संरक्षण र पर्यटनको बिकास आफ्नो उम्मेदवारीको प्रमुख एजेण्डा रहेको धमलाले बताइन् ।
नेकपा माओबादी केन्द्रकी नेतृ धमलाले सो क्षेत्रको पानीको स्रोत संरक्षण गरी खानेपानीको समस्या स्थायी रुपमा समाधन गर्ने, कला संस्कृतिको संरक्षण, सुरुङमार्गको निर्माण सम्पन्न गराउने, फ्लाइ ओभर निर्माण, ट्रमा सेन्टर स्थापना, मोबाईल स्वास्थ्य केन्द्र, बुढानिलकण्ठ स्कुलको मोडलमा एक विद्यालयको स्थापना गर्ने योजना आफूसँग रहेको उनले  नयाँ विकल्पलाइ बताइन ।

गत वैशाखमा भएको स्थानीय तहमा सत्ता गठबन्धन दलका वडाध्यक्षका उम्मेदवारले पाएको मतलाई आधार मान्ने हो भने पनि यहाँ एमाले कमजोर देखिन्छ भने गठबन्धनको मत बहुमत भएकाले गठबन्धन दलको समर्थनमा उम्मेदवारी दिएकी धमला उत्साही भएकी हुन् ।
राजनीतिमा स्वच्छता, इमान्दारिता र महिला शसक्तिकरण तथा प्रतिनिधित्वको लागि समेत प्रतिष्पर्धामा उत्रिएका महिलालाई आफ्नो उम्मेदवारीले हौसला र प्रेरणा दिने धमलाको दाबी छ ।

गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस एक्लैले करिव १९ हजार ९१६ मत पाएको थियो । एमालेले १९ हजार २८२ मत मात्र पाएको थियो । यहाँ कांग्रेस, माओबादी केन्द्र, नेकपा एससहितकाे मत जाेड्दा गठबन्धनको पल्ला भारी देखिन्छ ।
गठबन्धनले यो क्षेत्रमा २१ हजार ७६ मत पाएको थियो । एमालेको तुलनामा गठबन्धन दलले पाएको मत संख्या करिव २ हजारभन्दा बढी हुन आउँछ । दुई हजार ४०१ मत पाएको राप्रपाले भने ५१ बर्षे देवेन्द्र प्रधानलाई उम्मेदवार बनाएको छ । याे क्षेत्रमा राप्रपा र एमालेबीच  तालमेल भएकाे छैन् ।

यो क्षेत्रमा मुख्यतया गठबन्धनबाट उम्मेदवारी दिएकी धमला र एमालेका उम्मेदवार तथा पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठबीच नै मुख्य प्रतिष्पर्धा हुने देखिन्छ । यहाँ जनता समाजबादी पार्टीबाट सर्मिला सुवाल र विवेकशिल साझाका पूर्वनेता मिलन पाण्डे पनि उम्मेदवार छन् ।
धमलासँग प्रतिष्पर्धामा उत्रिएका एमाले नेता कृष्णगोपाल श्रेष्ठ २०५० सालको उपनिर्वाचनदेखि हालसम्म ८ पटकसम्म काठमाडाैंकाे २ र याे क्षेत्रबाट समेत उम्मेदवार बन्दै जिते पनि क्षेत्रको बिकासमा खासै ध्यान नदिएको भन्दै स्थानीयहरु रुष्ट छन् ।

काठमाडाैं क्षेत्र नम्वर ९ काे प्रदेश सभा १ मा कांग्रेस केन्द्रीय सदस्य समेत रहेकी नानुमैया बास्ताेला र प्रदेश सभा २ मा कांग्रेसका युवा नेता श्यामकृष्ण खड्का उम्मेदवार बनेका छन् । बास्ताेला र खड्कासँग प्रतिष्पर्धा गर्न हरिकृष्ण डंगाेल र केशवप्रसाद पाेखरेललाइ एमालेले उम्मेदवार बनाएकाे छ ।

 

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
  • २०७९ कार्तिक २८, १३: ४५

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन्  । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...

जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०७९ कार्तिक २८, १३: ४५

काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०७९ कार्तिक २८, १३: ४५

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...