प्रदीपको लोकप्रीयता देखेर लाञ्छनामा उत्रिए एमाले नेता ईश्वर – Naya Bikalpa
June 17, 2026, Wednesday      Epaper

प्रदीपको लोकप्रीयता देखेर लाञ्छनामा उत्रिए एमाले नेता ईश्वर

 

काठमाडौं – नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष तथा काठमाडौं क्षेत्र नम्बर ५ मा उम्मेदवारी दिएका इश्वर पोखरेल सत्ता गठबन्धनका साझा उम्मेदवार कांग्रेसका युवा नेता प्रदीप पौडेलबिरुद्ध व्यक्तिगत लाञ्छनामा उत्रिएका छन् ।

विद्यार्थी राजनीतिबाट कांग्रेसको राजनीतिमा स्थापित हुँदै गरेका पौडेल पार्टीभित्र बौद्धिक, सालिन र स्पष्ट वक्ताका रुपमा समेत सुपरिचित छन् । नेता पौडेलको चर्चासँगै लोकप्रीयता समेत बढेको देखेपछि बिबादस्पद छबी बोकेका एमाले नेता ईश्वर पोखरेल अतालिएर प्रतिष्पर्धीको चरित्र हत्या गर्न लागेका छन् ।

सामाजिक सञ्जालदेखि चोक चौतारी र चियापसलसम्म पौडेलको विषयमा चर्चा सुन्न थालेपछि स्वच्छ छबिका पौडेलबिरिुद्ध पोखरेलले झुटो काल्पनिक विषयबस्तुको दुष्प्रचार गरेका छन् । विद्यार्थी र युवाबीच लोकप्रिय पौडेलको पक्षमा माहौल बन्दै गएपछि पौडेललाई खराब देखाउन मनसायले एमाले नेता पोखरेलले कपोलकल्पित, भ्रामक, असत्य र झुटो समाचार जबर्जस्ती प्रचार गर्न लागएको खुलेको छ ।

अघिल्लो निर्वाचनमा नेकपा माओवादी केन्द्रको समर्थन र वामगठबन्धनको सहाराले चुनाव जितेका पोखरेल यतिबेला रक्षात्मक अवस्थामा देखिएका छन् । मुलुकमा कोरोनाको संक्रमण उच्च हुँदा तत्कालिन सरकारका रक्षा मन्त्री समेत भएका पोखरेलसमेतको संलग्नतामा चलनचल्तीको मुल्यभन्दा बढी मुल्य कबोल गर्ने ओम्नी इन्टरनेसनलबाट स्वास्थ्य सामग्री र औषधी खरिदमा अनियमितता गरेको आरोप पोखरेलमाथि छ ।

यति होल्डिङ्सलाई कौडीको भाउमा गोकर्ण रिसोर्टसहित नेपाल ट्रष्टको सम्पती सुम्पने प्रकरणमा दाग लागेका पोखरेल केपी शर्मा ओली नेतृत्वको सरकारमा हुँदा काठमाडौंका नागरिकले माक्स, सेनिटाईजरको अभाव भोग्नु परेको पीडा यतिबेला झल्झली सम्झन थालेका छन् ।
बिबादस्पद पृष्ठभूमिका पोखरेलको विषयमा चुनावी प्रचारको क्रममा काठमाडौं ५ का उम्मेदवार पौडेलले उनको गितको बिबादस्पद भूमिका र क्रियाकलापको मतदातालाई स्मरण गराएका थिए । त्यसबाट अतालिएको पोखरेलले पौडेलबिरुद्ध केही सञ्चार माध्यम र सामाजिक सञ्जाललाई दुरुपयोग गर्न खोजेका छन् ।

पौडेलले विगत तीन दशकदेखि पटक पटक अवसर पाएर पनि स्थानीय नागरिक, देश र जनताको पक्षमा पोखरेलले केही काम गर्न नसकेको भन्दै उहाँलाई भोट दिनु पर्ने कुनै कारण नै नभएको भन्दै आफ्नो पक्षमा मत दिन आग्रह गरेका थिए । आफूमाथि स्वतन्त्र उम्मेदवारहरुले समेत अनेक विषयमा टिप्पणी गर्न थालेपछि पोखरेलले आफ्ना प्रतिष्पर्धी प्रदीप पौडेलको पनि केही खराब नजिर देखाएर दुष्प्रचार गर्न सकिन्छ कि भन्ने उदेश्यले दुष्प्रचारको लागि केही व्यक्तिलाई प्रयोग गरेको पौडेलको सचिवालयले जनाएको छ ।

२०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा कांग्रेसका नरहरि आचार्यसँग नमज्जाले पराजय बेहोरेका एमाले नेता पोखरेललाई यो चुनाव प्रदीप पौडेलका कारण निकै गह्रौं र महङ्गो सावित भएको छ ।

काठमाडौं क्षेत्र नम्वर ५ मा स्थानीय तहको निर्वाचनमा राजनीतिक दलहरुले पाएको मतभार हेर्दा आफू जित्नमा ढुक्क भएको प्रतिक्रिया शुरुमा दिँदै आएका पोखरेल अहिले भने पौडेलको चर्चा र लोकप्रीयता बढ्दै गएपछि अत्तालिएर कहिले टुरिष्ट त कहिले पौडेलका पीताको नाममा सुकुम्वासीलाई दिनु पर्ने जग्गा लिएको भनी कपोल्कल्पित सूचना बाहिर निकालेका थिए ।

काठमाडौं ५ मा कांग्रेस, नेकपा (एस) र नेकपा माओबादीले पाएको मतभार जोड्दा करिव १८ हजार रहेको छ । एमालेले भने वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा आफ्ना उम्मेदेवाहरुले पाएको मत त्यो भन्दा बढी अर्थात करिव १९ हजार रहेको भन्दै पुरानो हिसाव गर्दे बसेका छन् । तर मतदाताहरु युवा नेता पौडेलको पक्षमा खुल्न थालेका छन् ।

 

सम्बन्धित समाचार

सुकुम्वासीलाई जग्गाधनी प्रमाणपत्र वितरणको तयारी, असार तेस्रो साताबाट प्रक्रिया सुरु हुने
सुकुम्वासीलाई जग्गाधनी प्रमाणपत्र वितरणको तयारी, असार तेस्रो साताबाट प्रक्रिया सुरु हुने
  • २०७९ कार्तिक २९, १३: २७

काठमाडौँ : सरकारले सुकुम्वासी तथा भूमिहीन नागरिकलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ । भूमि व्यवस्था, सहकारी, संघीय...

देशभर १६ सय नयाँ टेलिकम टावर निर्माण प्रक्रिया अघि बढ्यो, ग्रामीण क्षेत्रमा सेवा सुधार गर्न ६ अर्बभन्दा बढी लगानी
देशभर १६ सय नयाँ टेलिकम टावर निर्माण प्रक्रिया अघि बढ्यो, ग्रामीण क्षेत्रमा सेवा सुधार गर्न ६ अर्बभन्दा बढी लगानी
  • २०७९ कार्तिक २९, १३: २७

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देशभर दूरसञ्चार सेवा विस्तार तथा गुणस्तर सुधारका लागि करिब १६ सय नयाँ...

काठमाडौं विश्वविद्यालयको उपकुलपति पदका लागि आवेदन आह्वान
काठमाडौं विश्वविद्यालयको उपकुलपति पदका लागि आवेदन आह्वान
  • २०७९ कार्तिक २९, १३: २७

काठमाडौँ । काठमाडौं विश्वविद्यालय (केयू) को रिक्त उपकुलपति पदका लागि आवेदन आह्वान गरिएको छ। उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न...