
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र नेकपा एमालेका नेता लालबाबु पण्डितबीच मोरङको क्षेत्र नम्वर ६ मा प्रतिनिधिसभा सदस्यको चुनावमा पुनः प्रतिष्पर्धा हुने भएको छ ।
मंसिर ४ गते हुने निर्वाचनमा कांग्रेस नेता डा. कोइरालालाई नेकपा माओबादी केन्द्र, नेकपा (एकीकृत समाजबादी), र लोकतान्त्रिक समाजबादी पार्टी (लोसपा)को समर्थन रहेको छ भने एमालेको तर्फबाट उम्मेदवार भएका पण्डितलाई उपेन्द्र यादव नेतृत्वको जनता समाजबादी पार्टीले समर्थन गरेको छ ।
२०७४को प्रतिनिधि सभा सदस्य निर्वाचनमा माओबादीको समर्थनमा उम्मेदवार भएका पण्डितले कोइरालालाई झिनो मतले पराजित गरेका थिए । यस पटक भने डा. कोइराला जीत आफ्नो हातमा पार्ने दाउमा छन् । अघिल्लो निर्वाचनमा पण्डितलाई समर्थन गर्ने माओबादी केन्द्रको समर्थन यो पटक कोइरालालाई छ । यहाँ राप्रपाका गोपाल क्षेत्री उम्मेदवार भएका छन् । स्वतन्त्र उम्मेदवारहरुको यो क्षेत्रमा खासै चर्चा छैन ।
२०६५ को संविधानसभाको उपनिर्वाचन जितेका कोइराला २०७० मा पनि निर्वाचित भएका थिए । कांग्रेसको नेतृत्वमा सरकार बनेमा प्रधानमन्त्रीको बलियो दाबेदारको रुपमा कोइरालालाई हेरिएको छ । कांग्रेस नेतृत्वको सरकारमा बसेर निर्वाचनमा सिट वाँडफाँटमा असन्तुष्ट भएपछि एमालेसँग तालमेल गर्न पुगेको जसपाको सहयोग र समर्थनमा पण्डित जीत निकाल्न चाहन्छन् । तर डा. कोइराला कांग्रेस एक्लै पनि लालबाबुलाई चुनौति दिन सक्ने कांग्रेसका नेताहरुको दाबी छ ।
गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसको पक्षमा खसेको २७ हजार ८६, माओबादी केन्द्रको पक्षमा खसेको चार हजार ९९६, नेकपा एसको पक्षमा खसेको दुई हजार ३५५ मत जोड्दा गठबन्धनमा रहेका दलको मतभार ३४ हजार ४३४ हुन आउँछ ।
गत स्थानीय तहमा एमालेका उम्मेदवारहरुले २४ हजार ५५६ मत र जसपाका उम्मेदवारले तीन हजार ९३९ मत जोड्दा २८ हजार ४९५ हुन आउँछ ।
गत स्थानीय तहमा मतदाताको रोजाईलाई आधार बनाउने हो भने सत्ता गठबन्ध पक्षका उम्मेदवारको पक्षमा खसेको मत एमाले–जसपाले पाएको मत भन्दा करिव ६ हजार दुई सय मत बढी छ । यसरी हेर्दा मोरङ ६ मा यस पटक कोइरालाई निर्वाचन आफ्नो पक्षमा पार्न खासै मिहनेत गर्नु पर्ने देखिँदैन ।
एमाले नेता लालबाबु पण्डित एमाले अध्यक्ष केपी ओलीइत्तर समूहका हुन् । एमालेमा लामो समय माधव नेपालको नजिक भएर राजनीतिक अवसर पाएका पण्डित एमालेबाट अलग भएर नेकपा एस गठन गरेका माधवकुमार नेपाललाई साथ दिएनन् । उनीप्रति ओली समूहका नेता धेरै सकारात्मक नभएको बताइन्छ ।
नेपाली कांग्रेसको नेतृत्व लिन पार्टी सभापति शेरबहादुर देउवासँग प्रतिष्पर्धामा उत्रिएका कोइरालालाई भावि प्रधानमन्त्री र भावि पार्टी सभापतिको रुपमा हेरिएको छ । उनको निर्वाचन क्षेत्रमा पर्ने बिराटनगर महानगरपालिकाको प्रमुख नागेस कोइराला पनि कांग्रेसबाटै निर्वाचित भएका हुन् । त्यसैले अघिल्लो पटक गुमेको आफ्नो सांसद पद पुन फिर्ता ल्याउने दाउमा कोइराला लागेका छन् ।
मोरङको क्षेत्र नम्वर ५ को प्रदेश सभा निर्वाचन क्षेत्र १ मा सत्ता गठबन्धनको तर्फबाट माओबादीका जीवन आचार्य उम्मेदवार बनेका छन् भने प्रदेश सभा निर्वाचन क्षेत्र २ बाट प्रदेशमन्त्री केदार कार्की उम्मेदवार बनेका छन् । प्रदेश सभा सदस्यका उम्मेदवार आचार्य माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरी ज्वाइँ समेत हुन् । त्यसैले कोइरालालाई जिताउन माआबादी केन्द्रका नेता तथा कार्यकर्ताको जोडबल अलिक बढी नै देखिन्छ ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...
काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...