निर्वाचनमा कहाँ कति उम्मेदवार र मतदाता ? – Naya Bikalpa
June 17, 2026, Wednesday      Epaper

निर्वाचनमा कहाँ कति उम्मेदवार र मतदाता ?

काठमाडौं । आइतबार हुने प्रतिनिधिसधा र प्रदेश सभा निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० मतदाताले मतदान गर्ने भएका छन् । त्यसका लागि निर्वाचन आयोगले मुलुकभरका ७ प्रदेश, ७७ जिला, १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र र प्रदेश सभा निर्वाचन क्षेत्र ३३० वटामै एकै साथ मतदान हुन लागेको हो ।

निर्वाचन आयोगका अनुसार यो निर्वाचनमा पुरुष मतदाता ९१ लाख ४० हजार ८०६ जना, महिला मतदाता ८८ लाख ४७ हजार ५७९ जना र अन्य १८५ मतदाता रहेका छन् ति मध्ये चार लाख ५० हजार अस्थायी मतदाता रहेका छन् । निर्वाचनमा प्रतिनिधिसभाका लागि प्रत्यक्षबाट एक सय १५ जना र समानुपातिकबाट एक सय १० जना चुनिने छन् भने प्रदेश सभा सदस्य प्रत्यक्षबाट तीन सय ३० जना र समाुनपातिकबाट २२० जनाको लागि मतदाताले मतदान गर्दै छन् ।

यसरी प्रतिनिधि सभातर्फ कूल २७५ जना र प्रदेश सभातर्फ कूल ५५० जना चयन हुँदैछन् ।

आइतबार हुने निर्वाचनमा १० हजार ८९२ मतदान स्थल, २२ हजार २२७ मतदान केन्द्र र १४१ अस्थायी मतदान स्थल रहेका छन् । एक करोड ७८ लाख ८८ हजार मतदाताको लागि आठ करोड पाँच लाख ६७ हजार ५०० प्रति मतपत्र छपाएर मतदान केन्द्र पठाइएको छ । एउटा मतदाताले चार वटा मत पत्रमा स्वस्तिक छाप लगाउनु पर्छ।

निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभातर्फ दुई हजार ४१२ जना प्रत्यक्षबाट उम्मेदवार बनेका छन् । प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार बनेका मध्ये पुरुष दुई हजार १८७ छन् भने महिला उम्मेदवारको सख्या २२५ मात्र रहेको छ ।

प्रतिनिधिसभातर्फ उम्मेदवार भएका मध्ये एक हजार ५४५ जना राजनीतिक दलबाट उम्मेदवार भएका हुन भने ८६७ जना स्वतन्त्रबाट उम्मेदवार बनेका छन् । प्रतिनिधिसभाको समानुपातिकतर्फ एक हजार १२ पुरुष उम्मेदवार छन् भने महिला एक हजार १८७ उम्मेदवार बनाएका छन् ।

प्रदेश सभामा भने प्रत्यक्षतर्फ तीन हजार २२४ जनाले उम्मेदवारी दिएका छन् । तिमध्ये पुरुषको सख्या दुई हजार ९४३ र महिलाको सख्या २८० छ । दलहरुबाट प्रत्यक्षमा उम्मेदवार बन्नेको सख्या दुई हजार १३० छ भने स्वतन्त्राट प्रदेशमा प्रत्यक्ष उम्मेदवार बन्नेको सख्या एक हजार ९४ रहेको छ ।

राजनीतिक दलहरुले प्रदेशसभामा तीन हजार ७०८ जनालाई उम्मेदवार बनाएकोमा पुरुष उम्मेदवार दुई हजार १९७६ छन् भने महिला उम्मेदवार एक हजार ५११ रहेको छ ।

प्रत्यक्षमा कुन समुदायबाट कति उम्मेदवार

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा समानुपातिक उम्मेदवार बनाउँदा आयोगले तोकेको समावेसी सिद्धान्तअनुसार अपनाउनु पर्छ तर प्रत्यक्षतर्फ भने राजनीतिक दल र स्वतन्त्रबाट भने सोही बमोजिमका उम्मेदवार उटठाएको पाइँदैन ।

खस आर्य समुदायबाट ४२.१६ प्रतिशत उम्मेदवार उठेका छन् भने आदिवासी÷जनजाति समुदायबाट२६.५८ प्रतिशत र मधेशी समुदायबाट २०.९८ प्रतिशत उम्मेदवार यो निर्वाचनमा उठेका छन् । यस्तै दलित समुदायबाट ४.०२ प्रतिशत, मुश्लिम समुदायबाट ३.४० प्रतिशत र थारु समुदायबाट २.८६ प्रतिशत उम्मेदवार प्रत्यक्षबाट उम्मेदवार बनेका छन्

सम्बन्धित समाचार

सुकुम्वासीलाई जग्गाधनी प्रमाणपत्र वितरणको तयारी, असार तेस्रो साताबाट प्रक्रिया सुरु हुने
सुकुम्वासीलाई जग्गाधनी प्रमाणपत्र वितरणको तयारी, असार तेस्रो साताबाट प्रक्रिया सुरु हुने
  • २०७९ मंसिर २, १३: ३७

काठमाडौँ : सरकारले सुकुम्वासी तथा भूमिहीन नागरिकलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ । भूमि व्यवस्था, सहकारी, संघीय...

देशभर १६ सय नयाँ टेलिकम टावर निर्माण प्रक्रिया अघि बढ्यो, ग्रामीण क्षेत्रमा सेवा सुधार गर्न ६ अर्बभन्दा बढी लगानी
देशभर १६ सय नयाँ टेलिकम टावर निर्माण प्रक्रिया अघि बढ्यो, ग्रामीण क्षेत्रमा सेवा सुधार गर्न ६ अर्बभन्दा बढी लगानी
  • २०७९ मंसिर २, १३: ३७

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देशभर दूरसञ्चार सेवा विस्तार तथा गुणस्तर सुधारका लागि करिब १६ सय नयाँ...

काठमाडौं विश्वविद्यालयको उपकुलपति पदका लागि आवेदन आह्वान
काठमाडौं विश्वविद्यालयको उपकुलपति पदका लागि आवेदन आह्वान
  • २०७९ मंसिर २, १३: ३७

काठमाडौँ । काठमाडौं विश्वविद्यालय (केयू) को रिक्त उपकुलपति पदका लागि आवेदन आह्वान गरिएको छ। उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न...