एमाले नेता कृष्णगोपाल काठमाडौं ९ बाट विजयी – Naya Bikalpa
June 17, 2026, Wednesday      Epaper

एमाले नेता कृष्णगोपाल काठमाडौं ९ बाट विजयी

काठमाडौं । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठ काठमाडौ क्षेत्र नम्वर ९ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

२०४८ यता आठौं पटक संसदीय राजनीति गर्दै चुनावी प्रतिष्पर्धामा उत्रिएका श्रेष्ठले ११ हजार ९५६ मत प्राप्त गर्दै जीवनमा चौथो जीत निकालेका हुन् । एमाले नेता श्रेष्ठका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले १० हजार ९६१ मत प्राप्त गरे ।

श्रेष्ठले पोखरेलको भन्दा ९९५ मत बढी ल्याएका हुन् । पाँच दलिय गठबन्धनको तर्फबाट उम्मेदवार भएकी माओवादी केन्द्रकी कल्पना धमलाले ६ हजार ४०२ मत ल्याएर तेस्रो भएकी छन् ।

प्रतिनिधि सभा सदस्यमा निर्वाचित एमालेका उम्मेदवार श्रेष्ठले अहिलेको निर्वाचन परिणामपछि राजनीतिक कोर्स बदलिने बताएका छन् । राजनीतिक दललाई नयाँ पार्टी र स्वतन्त्र उम्मेदवारहरुले निर्वाचनमा धक्का दिएको विषयलाई उनले स्वाभाविक रुपमा लिएको बताए ।

सम्बन्धित समाचार

सुकुम्वासीलाई जग्गाधनी प्रमाणपत्र वितरणको तयारी, असार तेस्रो साताबाट प्रक्रिया सुरु हुने
सुकुम्वासीलाई जग्गाधनी प्रमाणपत्र वितरणको तयारी, असार तेस्रो साताबाट प्रक्रिया सुरु हुने
  • २०७९ मंसिर ६, १७: ३०

काठमाडौँ : सरकारले सुकुम्वासी तथा भूमिहीन नागरिकलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ । भूमि व्यवस्था, सहकारी, संघीय...

देशभर १६ सय नयाँ टेलिकम टावर निर्माण प्रक्रिया अघि बढ्यो, ग्रामीण क्षेत्रमा सेवा सुधार गर्न ६ अर्बभन्दा बढी लगानी
देशभर १६ सय नयाँ टेलिकम टावर निर्माण प्रक्रिया अघि बढ्यो, ग्रामीण क्षेत्रमा सेवा सुधार गर्न ६ अर्बभन्दा बढी लगानी
  • २०७९ मंसिर ६, १७: ३०

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देशभर दूरसञ्चार सेवा विस्तार तथा गुणस्तर सुधारका लागि करिब १६ सय नयाँ...

काठमाडौं विश्वविद्यालयको उपकुलपति पदका लागि आवेदन आह्वान
काठमाडौं विश्वविद्यालयको उपकुलपति पदका लागि आवेदन आह्वान
  • २०७९ मंसिर ६, १७: ३०

काठमाडौँ । काठमाडौं विश्वविद्यालय (केयू) को रिक्त उपकुलपति पदका लागि आवेदन आह्वान गरिएको छ। उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न...