
बागलुङ । बागलुङ जिल्लाको क्षेनत्र नम्वर –१ मा संघीयता बिरोधी दल राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता पक्षधर दल नेपाली कांग्रेस र नेकपा माओबादी केन्द्रको समर्थनमा विजयी भएका छन् ।
प्रतिनिधि सभा सदस्य उम्मेदवारपछि सत्तारुढ गठबन्धनका दलहरुबीच भएको सहमतिमा तालमेल गर्दा उनलाई बागलुङ क्षेत्र नम्वर १ मा सघाउनेगरी सहमति भएको थियो ।
तीन दशक पछिल्लो राजनीतिमा नेपाली कांग्रेसलाई बर्गसत्रुको संज्ञा दिँदै आएको राष्ट्रिय जनमोर्चाले त्यही कांग्रेसको समर्थनमा विजय हासिल गरेको हो । केसीले एमाले उमेदवार सूर्य पाठकलाई हराउँदै जीत हासिल गरेका हुन् । सत्ता गठबन्धनसँग गरेको तालमेल अनुसार बागलुङ र प्युठान जनमोर्चाको भागमा परे पनि प्युठानमा भने त्यही एमालेले जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललाई पछि पारेका छन् ।
यसअघि २०५६ र २०६४ को चुनाव जितेका केसी २०७० मा समानुपातिकतर्फबाट संसद् छिरेका थिए तर २०७४ मा भने जनमोर्चाले समानुपातिकमा ३ प्रतिशत मत प्राप्त गर्न नसकेपछि केसीको संसद छिर्ने ढोका ५ वर्षसम्म बन्द भएको थियो ।
२१ हजार ४५१ मत ल्याएर केसी विजयी बन्दा एमालेका सूर्य पाठकले १८ हजार ८२५ मत ल्याए भने राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले नौ हजार १८१ मत प्राप्त गरे । यो क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मीप्रसाद सापकोटाले ९०३ मत ल्याए ।
दुई स्वतन्त्र उमेदवार शिवलाल सापकोटाले १२५ र चन्द्रबहादुर क्षेत्रीले १९३ मत पाए । यो क्षेत्रमा कुल एक लाख एक हजार २२३ मतदाता रहेकोमा ५४ हजार ७११ मत खस्दा ५२ हजार ८७० मतमात्र सदर भएको थियो ।
सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ अन्तर्गत धनकौलस्थित छठ घाटमा पुगेर छठ पर्वमा सहभागी भएका...
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...