गठबन्धनबिना केसी प्रतिनिधि सभामा तेश्रो पटक विजयी – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

गठबन्धनबिना केसी प्रतिनिधि सभामा तेश्रो पटक विजयी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजेन्द्रकुमार केसी (राजन) गठबन्धन दलहरुसँग मित्रवत प्रतिष्पर्धा गरेरै भए पनि प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

काठमाडौं क्षेत्र नम्वर १० मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार भएका केसीले १४४५८ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका ३९ वर्षे युवा हिमेस केसीलेलाई दुई हजार ६ सय ७२ मतान्तरले पराजित गर्दै प्रतिनिधि सभामा तेश्रो पटक विजयी भएका हुन् ।

केसीसँग प्रतिष्पर्धामा उत्रिएका एमालेका केसीले ११७८६ मत ल्याएका थिए । प्रतिनिधिसभा सदस्यमा उम्मेदवार भएका राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदिप विष्टले ८ हजार ७२६ मत ल्याएर तेश्रो भए भने राप्रपाका बलराम थापाले ६ हजार ५६ मत ल्याएर चौथो भए ।

सत्तारुढ गठबन्धनआबद्ध दल कांग्रेस र नेकपा एसबीच तालमेल गरिए पनि काठमाडौं १० मा माआबादीले संघ र प्रदेशमा बेग्लै प्यानल बनाएर उम्मेदवारी दिएको थियो । माओबादीबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार भएकी अन्जना विसंखेले ५ हजार २६२ मत ल्याएर पाचाैं भएकी थिइन् ।

माओबादीसँग तालमेल नगरी विजयी भएका राजन केसी २०७० को संविधान सभा सदस्य निर्वाचनमा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई करिव १२ हजार बढी मतान्तरले पराजित गरेपछि चर्चामा आएका थिए ।

केपी ओली नेतृत्वको सरकारको पालामा भएको वाईड बडी बिमान खरिद प्रकरणको विषयमा छानबिन गर्न गठित उपसमिति संयोजक भएर प्रतिवेदन सार्वजनिक लेखा समितिमा पेश गरेपछि केसीलको लोकप्रीयता बढेको थियो । गुठी आन्दोलनको पक्षमा खुलेर लागेका केसीको यो लगातार तेश्रो विजय यात्रा हो ।

काठमार्डाैं क्षेत्र नम्वर १० को प्रदेश सभा ‘क’बाट कांग्रेसकै पुकार महर्जन विजयी भए भने प्रदेश सभा ‘ख’मा नेकपा एकीकृत समाजबादीकी रमा आलेमगरले विजय हात परेकी छन् । महर्जनले राप्रपाका उमेशराज सापकाेटालाइ पराजित गरेका थिए । नेकपा एसकी रमा आलेमगरले भने सहाेदर काका नेकपा एमालेका रामशरण आलेमगरलाइ पराजित गरेकी थिइन् ।

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
  • २०७९ मंसिर ७, १८: ०३

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन्  । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...

जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०७९ मंसिर ७, १८: ०३

काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०७९ मंसिर ७, १८: ०३

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...