एजेन्सी । आयोजक राष्ट्र कतार शुक्रबार सेनेगलसँग ३–१ ले पराजित हुँदै विश्वकपबाट बाहिरिएको छ । यो हारले कतारलाई विश्वकपको ९२ वर्षको इतिहासमा प्रतियोगिताबाट पहिलो चरणमै यति छिटो बाहिरिने पहिलो आयोजक राष्ट्र बनाएको छ ।
सेनेगलसँगको खेल कतारको विश्वकपको दोस्रो खेल थियो । गत आइतबार प्रतियोगिताको उद्घाटन खेलमा कतार इक्वेडरसँग २–० ले पराजित भएको थियो ।मंगलबारको खेलमा कतारले नेदरल्याण्ड्सलाई हराए पनि अर्को चरणमा पुग्न पर्याप्त अंक पाउने छैन ।
सन् २०१० मा दक्षिण अफ्रिका पनि समूह चरणबाटै बाहिरिएको थियो । तर समूह चरणको अन्तिम तेस्रो खेलसम्म अफ्रिकाको चुनौती बाँकी थियो ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारी बिदा धेरै भएकाले सेवा प्रवाह प्रभावित भएको र त्यसमा पुनर्विचार आवश्यक भएको बताएका छन्...
काठमाडौं । नेप्सेमा साताको कारोबारको तेस्रो दिन मंगलबार उच्च अंकले बढेको छ । आज नेप्से ७६.६४ अंकले बढेर दुई हजार...
काठमाडौं । सुदूरपश्चिम सरकारलाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने भएको छ । भोलि हुने सुदूरपश्चिम प्रदेश सभाको विश्वासको मत...