काठमाडौं । विश्वकप फुटबलमा मेक्सिकोले साउदी अरेबियामाथि २–१ को जित निकालेको छ ।
कतारका लुसाइल स्टेडियममा गए राति खेलको ४७ औँ मिनेटमा हेनरी मार्टिनले र ५२ औँ मिनेटमा लुईस चाभेजले गोल गरेका दिए ।
खेलको इन्जुरी समयमा साउदीका सलिम अल्दावसरीले गोल गरे । साउदीमाथि २–१ को जित निकाले पनि मेक्सिको समूह चरणबाट बाहिरिएको छ ।
समूह ‘सी’ को मेक्सिको ३ खेलमा ४ अंक जोडेर तेस्रो स्थानमा रह्यो । साउदी ३ अंक जोडेर पुछारमा रह्यो ।
काठमाडौं । महोत्तरी जिल्ला अदालतले एक बालिका हत्यारालाई जन्मकैदको फैसला सुनाएको छ । महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–१४ सुगमबस्तीमा दुई वर्षअघि...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारी बिदा धेरै भएकाले सेवा प्रवाह प्रभावित भएको र त्यसमा पुनर्विचार आवश्यक भएको बताएका छन्...
काठमाडौं । नेप्सेमा साताको कारोबारको तेस्रो दिन मंगलबार उच्च अंकले बढेको छ । आज नेप्से ७६.६४ अंकले बढेर दुई हजार...