गृहसचिव र प्रहरी महानिरीक्षकबीच मत बाझियो – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

गृहसचिव र प्रहरी महानिरीक्षकबीच मत बाझियो

काठमाडौं । गृहसचिव प्रेमकुमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालबीच आकस्मिक रुपमा प्रहरी परिचालन गर्ने अधिकारको विषयलाई लिएर मत भिन्नता बढेको छ । प्रहरी महानिरीक्षक खनालले आकस्मिक रुपमा प्रदेशमा समेत प्रहरी परिचालन गर्नुपरेमा त्यस्तो अधिकार प्रहरी महानिरीक्षक वा प्रहरी प्रधान कार्यालयलाई दिनुपर्ने कानूनी व्यवस्था गर्न माग गरेपछि गृहसचिव राईले त्यसमा असहमति जनाएका हुन् ।

संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा जारी ‘नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरिवेक्षण र समन्वय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको दफावार छलफलमा बोल्दै गृह सचिव राईले आकस्मिक रुपमा प्रहरी परिचालन गर्ने अधिकार प्रहरी महानिरीक्षकलाई दिन नमिल्ने तर्क गरेका हुन् ।

सचिव राईले नेपाल सरकारको गृह मन्त्रालय वा प्रदेश सरकारले निर्णय गरेपछि मात्रै आकस्मिक रुपमा प्रहरी परिचालन गर्न मात्रै उपयुक्त हुने पनि बताएका थिए ।

प्रहरी महानिरीक्षक खनालले भने प्रहरी महानिरीक्षकले आकस्मिक रुपमा प्रहरी परिचालन गर्ने अधिकार नभए प्रदेशमा आइपर्ने आपतकालको समाधान तत्काल नहुने अवस्था आउने तर्क गरेका थिए ।

विधेयकमा त्यस सम्बन्धमा स्पष्ट व्यवस्था नगरिएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले आकस्मिक रुपमा प्रहरी परिचालन गर्ने अधिकार प्रहरी महानिरीक्षकलाई दिनुपर्ने स्पष्ट कानूनी व्यवस्था गर्नुपर्ने माग गरेका थिए । उनले प्रहरीले शान्ति सुरक्षाको जिम्मेवारी लिने दायित्व पूरा गर्न पनि आकस्मिक रुपमा प्रहरी परिचालन गर्ने अधिकार प्रहरी महानिरीक्षलाई नै दिनुपर्ने बताए ।

सम्बन्धित समाचार

Die Risiken der Sportwetten ohne OASIS und die Nachteile von Wettanbietern
  • २०७६ श्रावण २३, ०८: २३

Die Risiken der Sportwetten ohne OASIS und die Nachteile von Wettanbietern Sportwetten sind für viele Menschen ein beliebtes Freizeitvergnügen, doch...

Winbay y su casino en vivo con proveedores como Evolution
  • २०७६ श्रावण २३, ०८: २३

Winbay reúne en su casino en vivo mesas de Evolution, Pragmatic Play y Playtech, tres nombres que cubren buena parte...

Retiros y verificación en 55Bet Casino: plazos y límites de 10.000 € al día
  • २०७६ श्रावण २३, ०८: २३

diariovivo.es permite retirar hasta 10.000 € diarios y mantiene el chat en vivo abierto antes y después del registro, pero...