काठमाडौं । गृहसचिव प्रेमकुमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालबीच आकस्मिक रुपमा प्रहरी परिचालन गर्ने अधिकारको विषयलाई लिएर मत भिन्नता बढेको छ । प्रहरी महानिरीक्षक खनालले आकस्मिक रुपमा प्रदेशमा समेत प्रहरी परिचालन गर्नुपरेमा त्यस्तो अधिकार प्रहरी महानिरीक्षक वा प्रहरी प्रधान कार्यालयलाई दिनुपर्ने कानूनी व्यवस्था गर्न माग गरेपछि गृहसचिव राईले त्यसमा असहमति जनाएका हुन् ।
संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा जारी ‘नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरिवेक्षण र समन्वय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको दफावार छलफलमा बोल्दै गृह सचिव राईले आकस्मिक रुपमा प्रहरी परिचालन गर्ने अधिकार प्रहरी महानिरीक्षकलाई दिन नमिल्ने तर्क गरेका हुन् ।
सचिव राईले नेपाल सरकारको गृह मन्त्रालय वा प्रदेश सरकारले निर्णय गरेपछि मात्रै आकस्मिक रुपमा प्रहरी परिचालन गर्न मात्रै उपयुक्त हुने पनि बताएका थिए ।
प्रहरी महानिरीक्षक खनालले भने प्रहरी महानिरीक्षकले आकस्मिक रुपमा प्रहरी परिचालन गर्ने अधिकार नभए प्रदेशमा आइपर्ने आपतकालको समाधान तत्काल नहुने अवस्था आउने तर्क गरेका थिए ।
विधेयकमा त्यस सम्बन्धमा स्पष्ट व्यवस्था नगरिएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले आकस्मिक रुपमा प्रहरी परिचालन गर्ने अधिकार प्रहरी महानिरीक्षकलाई दिनुपर्ने स्पष्ट कानूनी व्यवस्था गर्नुपर्ने माग गरेका थिए । उनले प्रहरीले शान्ति सुरक्षाको जिम्मेवारी लिने दायित्व पूरा गर्न पनि आकस्मिक रुपमा प्रहरी परिचालन गर्ने अधिकार प्रहरी महानिरीक्षलाई नै दिनुपर्ने बताए ।
1. The Pulse of Stake’s Short‑Session Landscape Stake Casino heeft een niche gevonden voor spelers die verlangen naar directe opwinding...
L’essor du Quick Gaming chez Betify Dans la culture actuelle où tout va vite, les joueurs recherchent une gratification instantanée....
Betify a créé une niche pour les joueurs qui aiment tourner, parier et gagner en déplacement. Cette plateforme mobile‑first vous...