प्रदेश सभामा कांग्रेस १०८, एमाले ९० र माओबादी ५४ सिटमा विजयी – Naya Bikalpa
April 19, 2024, Friday
गठबन्धनलाई बागमति, गण्डकी,कर्णाली र सुदूरपश्चिममा सहज बहुमत

प्रदेश सभामा कांग्रेस १०८, एमाले ९० र माओबादी ५४ सिटमा विजयी

काठमाडौं । सत्तारुढ गठबन्धनमा आबद्ध दलहरुलाई सात प्रदेश मध्ये चार वटा प्रदेशमा प्रदेश सरकार बनाउन सुविधाजनक बहुमत प्राप्त भएको छ ।

सात वटा प्रदेशमा जम्मा तीन सय ३० प्रदेश सभा निर्वाचन क्षेत्र मध्ये स्याङ्जा क्षेत्र नम्वर २, दैलेख र बाजुराका ६ वाहेकका क्षेत्रमा प्रत्यक्षतर्फका सबै मतगणना सम्पन्न भएसँगै सत्ता घटक दजलहरुलाई सुविधाजनक बहुमत पुग्ने देखिएको छ ।

प्रत्यक्षमा हालसम्म घोषित परिणाम अनुसार नेपाली कांग्रेसले ७ वटै प्रदेशमा गरी आफ्ना १०८ जनालाई प्रदेश सभा सदस्यमा निर्वाचित गरेको छ । सत्ता घटक दल माओबादी केन्द्रले सबै प्रदेशमा गरी ५४ जना, नेकपा (एस)ले १४ र लोकतान्त्रिक समाजबादी दलले ९ जनालाई प्रदेश सभा सदस्यमा निर्वाचित गरेको छ ।

गत मंसिर ४ गतेको निर्वाचनमा गठबन्धमा आबद्ध भएको दल राष्ट्रिय जनमोर्चाले भने प्रदेश सभातर्फ एउटा पनि सिटमा जित निकाल्न सकेन ।

नेकपा एमाले प्रदेश सभा तर्फ पत्यक्ष निर्वाचनतर्फ ९० सिटमा जित निकालेर दोश्रो ठूलो दल भएको छ । एमालेसँग चुनावी तालमेल गरेको दल जनता समाजबादी पार्टीले प्रदेश तर्फ ११ सिटमा चित्त बुझाएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १२ प्रदेश सांसद निर्वाचित गर्न सफल भएको छ ।

गत मंसिरको चुनावबाट उदाएका सीके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले भने समान ७ ÷७ जनालाई प्रदेश सभा सदस्यमा निर्वाचित गरेका छन् । स्वतन्त्र उम्मेदवारी दिएर १२ जना निर्वाचित भएका छन् भने नेपाल मजदुर किसान पार्टी र हाम्रो नेपाल पार्टीले १÷१ सिटमा जीत निकालेका छन् ।

सत्तारुढ गठबन्धन दल कांग्रेस, माओबादी र एमालेले कर्णाली प्रदेश सभामा प्रत्यक्षबाट निर्वाचित हुने २४ मध्ये १८ सिटमा विजय हासिल गरेका छन् । यहाँ सत्ता गठबन्धनवाहेकको एमालेले ५ सिट र स्वतन्त्र १ जनाले विजय हात पारेका छन् ।

सुदूरपश्चिम प्रदेशको ३२ सिटमध्ये सत्ता गठबन्धमा आबद्ध दलहरुले २१ सिटमा प्रत्यक्ष निर्वाचन जितेका छन् भने एमालेले ३ सिटमा चित्त बुझाएको छ । यो प्रदेशमा नागरिक उन्मुक्ति पार्टीले ५ सिट र स्वतन्त्रले १ सिटमा जित निकालेका छन् । बाजुराको २ प्रदेश सभा निर्वाचनको भने मत परिणाम घोषणा हुन वाँकी छ ।

गण्डकी प्रदेशका ३६ प्रदेस सभा निर्वाचन क्षेत्रमध्ये कांग्रेस एक्लैले १७ र माओबादीले ५ सिट जितेका छन् भने एमालेले १२ सिटमा जित निकालेको छ । यहाँ सत्ता गठबन्धनलाई प्रदेश सरकार बनाउन सुविधाजनक बहुमत आउने देखिन्छ । स्याङ्जाका २ प्रदेश सभाको निर्वाचन परिणाम घोषणा हुन वाँकी छ ।

लुम्बिनी प्रदेशमा सत्ता गठबन्धन तुलनात्मक रुपमा कमजोर देखिएका छन् । यहाँको ५२ प्रदेस सभा निर्वाचन क्षेत्रमध्ये सत्ता घटक दलले प्रत्यक्षतर्फ २४ सिटमा जीत निकालेका छन् । एमालेले यो प्रदेशमा १८ सिटमा जित हासिल गरेको छ ।
मधेश प्रदेशका ६४ सिटमध्ये सत्ता घटक दलहरुले ४३ सिटमा जीत निकालेका छन् ।

७ वटा प्रदेशमध्ये नेकपा एमाले प्रदेश नम्वर १ मा सबैभन्दा ठूलो पार्टी भएको छ । यो प्रदेशका ५६ प्रदेश सभा निर्वाचन क्षेत्रमध्ये एमाले एक्लैले २५ सिटमा जीत निकालेको छ । सत्ता घटक दलहरुको सिट संख्या भने २९ रहेको छ ।

राष्ट्रिय पार्टीको हैसियत बनाएको जसपाले भने मधेश प्रदेशमा ९ र लुम्बिनी प्रदेशमा २ सिटमा मात्र जीत निकालेको छ । त्यस्तै, जनमतले पनि मधेश प्रदेशमा ६ र लुम्बिनी प्रदेशमा १ सिट जितेको छ । संघीय संसदमा १० सिट जितेको नेकपा (एस)ले गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा एउटा पनि सिटमा प्रत्यक्षतर्फ चुनाव जित्न सकेन ।

सम्बन्धित समाचार

एसीसी प्रिमियर कपमा नेपालले यूएईलाई दियो १२० रनको लक्ष्य
एसीसी प्रिमियर कपमा नेपालले यूएईलाई दियो १२० रनको लक्ष्य
  • २०७९ मंसिर १६, १८: ०६

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा शुक्रबार नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)लाई जितका लागि...

सांसद खानले लिइन् प्रतिनिधि सभा सदस्यको शपथ
सांसद खानले लिइन् प्रतिनिधि सभा सदस्यको शपथ
  • २०७९ मंसिर १६, १८: ०६

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)बाट समानुपातिक सांसद बनेकी हसिना खानले प्रतिनिधि सभा सदस्यको पद तथा गोपनीयताको शपथ लिएकी...

मौसम पूर्वानुमान प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी
मौसम पूर्वानुमान प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी
  • २०७९ मंसिर १६, १८: ०६

सुर्खेत। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको सुर्खेतस्थित राडार बिग्रिएको करिब नौ वर्ष पुरा भएको छ । सन् २०१५ मा चट्याङका...