निलम्वित प्रधानन्यायाधीश चोलेन्द्रलाई संसद सचिवालयका महासचिवले दिए ‘क्लिन चिट’ – Naya Bikalpa
June 17, 2026, Wednesday      Epaper

निलम्वित प्रधानन्यायाधीश चोलेन्द्रलाई संसद सचिवालयका महासचिवले दिए ‘क्लिन चिट’


काठमाडौं । संघीय संसदका महासचिव डा. भरतराज गौतमले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि लागेको महाभियोग प्रस्तावपछि भएको निलम्बन फुकुवा गरी ‘क्लिन चिट’ दिएका हुन् ।

महासचिव गौतमको यस्तो पत्र संसदका सभामुखले प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता गर्ने दिन अवकास पाएको र मंसिर ४ गते भएको संघीय संसदको निर्वाचनको सम्पूर्ण मत परिणाम आएर संसदको बैठक आव्हानको पूर्वसन्ध्यामा सार्वजनिक भएको हो ।

महाभियोग प्रस्ताव दर्ता भएपछि छानबिन गरी प्रतिवेदन समेत तत्कालिन सभामुखलाई बुझाइएको थियो । त्यो प्रतिबेदन उपर कुनै कारबाही हुन नपाउँदै संघीय संसदको विघटन भएपछि प्रधानन्यायाधीश जबराको पद क्रियाशिल भएको थिएन ।

संसदका महासचिव डा. गौतमले विचाराधिन रहेकै बेला चोलेन्द्र शम्शेर जबरालाई सर्वोच्च अदालत फर्किने बाटो खोलिदिएका हुन् । महासचिव गौतमले आज बुधबार राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, संवैधानिक परिषद, सर्वोच्च अदालत, न्यायपरिषद र जबरालाई पत्र पठाएर १ फागुन २०७८ मा जबराले कार्य सम्पादन गर्न नपाउने भनी लेखेको पत्र निष्प्रभावी भएको जनाएका हुन् ।

आफूलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशको रुपमा कामकारबाही गर्न रोक नलगाउन माग गर्दै जबराले मंगलबार मात्रै संसद सचिवालयमा निवेदन दिएका थिए । त्यसको प्रतिउत्तरमा संघीय संसदका महासचिव डा. गौतमले निलम्बन फुकुवाको पत्र बुधबार सरोकारवाला निकायलाई संवोधन गरी पठाएका थिए ।

महासचिव डा. गौतमले ‘महाअभियोग प्रस्ताव तत्कालीन प्रतिनिधि सभामा पेश, प्रारम्भिक छलफल र महाअभियोग सिफारिस समितिबाट प्रतिवेदन बुझाइएको तर तत्पश्चातको प्रक्रिया अगाडि नबढेको अवस्थामा २०७९ मंसिरमा नयाँ प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भइसकेकाले २०७८ फागुन १ मा तत्कालीन समयमा महासचिवबाट प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले कार्य सम्पादन गर्न नपाउने भन्ने व्यहोराको पत्र समेत निष्प्रभावी भएको व्यहोरा जानकारीका लागि अनुरोध गर्दछु’ भनी पत्रमा उल्लेख गरेका छन् ।

सत्तारुढ दलका ९५ सांसदले जबराविरुद्ध फागुन २०७८ फागुन १ गते संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेपछि २२ फागुनमा प्रतिनिधिसभाले महाअभियोग सिफारिस समिति बनाएको थियो । त्यसलगत्तै उनी निलम्बित भएका थिए । कार्यवाहक प्रधानन्यायाधीशको रुपमा दीपक कुमार कार्कीले काम गरेका थिए । कार्कीको अवकाश पछि हाल कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा हरिकृष्ण कार्की रहेका छन् ।

जबराविरूद्ध महाअभियोग लगाउनुका आधार र कारण भनेर २१ वटा बुँदा समावेश गरिएको थियो । २९ फागुनमा जबराविरूद्ध महाअभियोग प्रस्ताव संसदमा पेश भएको थियो । तर लामो समय महाअभियोग प्रस्तावलाई सिफारिस समितिमा पठाइएको थिएन । महाअभियोग सिफारिस समितिका संयोजक सांसद रामबहादुर विष्टले जबराविरुद्ध परेको महाभियोग प्रस्तावको अध्ययन गरि सिफारिस समितिले तयार गरेको प्रतिवेदन बुझाएका थिए ।

राणा सर्वोच्च अदालतमा फर्के पनि उनी यही मंसिर २४ गतेम्म मात्र पदमा बहाल रहने भएका छन् । उनी उमेर हदका कारण अवकास पाउन लागेका हुन् ।

 

सम्बन्धित समाचार

सुकुम्वासीलाई जग्गाधनी प्रमाणपत्र वितरणको तयारी, असार तेस्रो साताबाट प्रक्रिया सुरु हुने
सुकुम्वासीलाई जग्गाधनी प्रमाणपत्र वितरणको तयारी, असार तेस्रो साताबाट प्रक्रिया सुरु हुने
  • २०७९ मंसिर २१, १४: २५

काठमाडौँ : सरकारले सुकुम्वासी तथा भूमिहीन नागरिकलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ । भूमि व्यवस्था, सहकारी, संघीय...

देशभर १६ सय नयाँ टेलिकम टावर निर्माण प्रक्रिया अघि बढ्यो, ग्रामीण क्षेत्रमा सेवा सुधार गर्न ६ अर्बभन्दा बढी लगानी
देशभर १६ सय नयाँ टेलिकम टावर निर्माण प्रक्रिया अघि बढ्यो, ग्रामीण क्षेत्रमा सेवा सुधार गर्न ६ अर्बभन्दा बढी लगानी
  • २०७९ मंसिर २१, १४: २५

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देशभर दूरसञ्चार सेवा विस्तार तथा गुणस्तर सुधारका लागि करिब १६ सय नयाँ...

काठमाडौं विश्वविद्यालयको उपकुलपति पदका लागि आवेदन आह्वान
काठमाडौं विश्वविद्यालयको उपकुलपति पदका लागि आवेदन आह्वान
  • २०७९ मंसिर २१, १४: २५

काठमाडौँ । काठमाडौं विश्वविद्यालय (केयू) को रिक्त उपकुलपति पदका लागि आवेदन आह्वान गरिएको छ। उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न...