एमालेद्वारा प्रतिनिधि सभाको समानुपातिकतर्फ ३४ नाम सिफारिस – Naya Bikalpa
November 16, 2026, Monday      Epaper
अन्य पार्टीबाट आएका र महिलालाई प्राथमिकता

एमालेद्वारा प्रतिनिधि सभाको समानुपातिकतर्फ ३४ नाम सिफारिस

काठमाडौं – नेकपा एमालेले प्रतिनिधि सभाको समानुपातिकतर्फका सांसदको नाम टुङ्गो लगाएर निर्वाचन आयोगमा बुझाएको छ । ललितपुरस्थित पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले प्रतिनिधि सभाका ३४ जनाको नाम सिफारिस गर्दा अन्य पार्टीबाट आएका र महिलालाई प्राथमिकता दिएको छ ।

एमालेले प्रतिनिधि सभातर्फ पाएको ३४ सिटमा २२ जना महिला र १२ जना पुरुषको नाम सिफारिस गरेको हो । एमालेको राष्ट्रिय सभामा ९ महिला सांसदसहित १५ जना छन् भने प्रतिनिधिसभाको प्रत्यक्षमा ४ महिलासहित ४४ जनाले जितेका छन् ।

एमालेले संघीय संसको ९३ सिटमध्ये ३३ प्रतिशत महिला राख्न समानुपातिकमा १८ महिला र १६ पुरुषलाई सिफारिस गर्न सक्थ्यो । तर एमाले अध्यक्ष केपी शर्मा ओलीले नवलपरासीका खिमलाल पोखरेल र स्याङ्जाका मुक्तिप्रसाद पाठकसहित अन्य २ पुरुष उम्मेदवारको नाम काटेर आफ्नो निर्वाचन क्षेत्रकी उम्मेदवार तथा अनेरास्ववियु अध्यक्ष सुनिता बराललाई अटाउन थप ४ महिलाको नाम सिफारिस गरेका हुन् ।

ओलीले आदिवासी जनजातिमा व्यापारी देवीप्रसाद भट्टचन, जनता समाजबादी छोडेर आएका हेमराज राई, कालुराम राईलाई, जसपाबाट आएकी अमृता अग्रहरी र कांग्रेसबाट २ पटक सभासद् भएका झापाका अमृतलाल राजबंसीलाई अधेशी क्लस्टरबाट सांसद बनाएका छन् ।

सांसद बन्न पाउने भाग्यमानीहरुमा नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल र माओबादी छाडेर एमाले भएका रामबहादु थापा बादलकी श्रीमती नैनकला थापा समेत सांसद बनेकी छन् ।

यी हुन्, एमालेबाट समानुपातिक सांसदमा सिफारिस भएका उम्मेदवारहरु –

आदिवासी जनजाति

देवीप्रसाद भट्टचन, हेमराज राई, कालुराम राई, नैनकला थापामगर, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेवे, ईश्वरी घर्ती, रणकुमारी बलम्पाकी मगर, शान्ति श्रेष्ठ र सरस्वती सुब्बा ।
खस आर्य

रघुजी पन्त, एकनाथ ढकाल र दयालबहादुर शाही (पिछडिएको क्षेत्र), मेनुकाकुमारी पोखरेल, सरिता भुसाल, शोभा ज्ञवाली, विजुला रायमाझी, निर्मला कोइराला, सम्झना थपलिया, दीपा शर्मा र सुनिता बराल ।

थारू आश्माकुमारी चौधरी र शान्ति चौधरी ।
दलित
ईश्वरबहादुर रिजाल, प्रभु हजारा पासवान र चन्द्रबहादुर विश्वकर्मा, रुक्मिणी राणा बराइली र हर्कमाया विश्वकर्मा ।
मधेसी
गङ्गाप्रसाद यादव, अमृतराज राजवंशी, बिनादेवी, अमृतादेवी अग्रहरि र प्रतिक्षा तिवारी मुखिया ।
मुस्लिम
सराज अहमद फारकी

सम्बन्धित समाचार

दुर्घटनामा परिवारका ६ सदस्य गुमाएका यादवलाई गगन थापाको सान्त्वना
दुर्घटनामा परिवारका ६ सदस्य गुमाएका यादवलाई गगन थापाको सान्त्वना
  • २०७९ मंसिर २४, २०: ०७

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ अन्तर्गत धनकौलस्थित छठ घाटमा पुगेर छठ पर्वमा सहभागी भएका...

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०७९ मंसिर २४, २०: ०७

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...

एनपिएल : कर्णालीले चितवनलाई हरायो
एनपिएल : कर्णालीले चितवनलाई हरायो
  • २०७९ मंसिर २४, २०: ०७

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...