
काठमाडौं । नेकपा एमालेले नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई समानुपातिक क्लस्टरबाट सांसद बनाएकोमा एमाले नेता भीम रावलले आपत्ति जनाएका छन् ।
नेता ढकाललाई एमालेले खस आर्य क्लस्टरमा १ नम्वरमा राखेर समानुपातिकबाट सांसदमा सिफारिस गरेको छ । विवादास्पद युनिफिकेशन चर्चसँग आवद्ध होली वाइन भनी बद्नाम कमाएका नेपाल परिवार दलका अध्यक्ष ढकाललाई समानुपातिकबाट प्रतिनिधि सभाको सदस्य बनाएको भन्दै रावलले आइतबार आपत्ति जनाएका हुन् ।
सामाजिक सञ्जाल ट्वीटरमा रावलले लेखेका छन् – ‘अमेरिकामा कर छलीको आरोपमा २ वर्ष र कोरिया जासुसीको आरोपमा ३ वर्ष कारावासको सजाय भोगेका सन मुङ मुनद्वारा स्थापित विवादास्पद युनिफिकेशन चर्चसँग आवद्ध होली वाइन भनी चर्चित नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई नेकपा एमालेले समानुपातिकबाट प्रतिनिधि सभाको सदस्य बनाएको छ । परिवार दलले ढकालको हस्ताक्षरबाट चुनावमा उम्मेदवार पनि उठाएको छ । एकसाथ एउटा दलको अध्यक्ष र अर्को दलको समानुपातिक प्रणालीबाट प्रतिनिधि सभाको सदस्य, क्या चमत्कार ! राजनीतिमा नैतिकताको खडेरी ! स्मरणीय छ ढकालको विवाह पनि विदेशी महिलासँग भएको छ ।’

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...
काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...