हिउँदको मौसमः जब लैनचौरको सडकमा पानीको भेलले सवारी लड्न थाले – Naya Bikalpa
June 17, 2026, Wednesday      Epaper

हिउँदको मौसमः जब लैनचौरको सडकमा पानीको भेलले सवारी लड्न थाले

काठमाडौं । देशको राजधानी काठमाडौंको लैनचौरस्थित अति व्यस्त सडकमा सोमबार जब ढलसहितको पानीको भेलले मोटरसाईकल चालक एकाएक लड्न थाले तब ट्राफिक पनि छक्क परे ।

घटना सोमबार दिउँसो साडे २ बजेतिरको हो । लैैनचौरको खानी तथा भूगर्भ विभागअघिको नारायणहिटी दरबारको पर्खालसँगै सडकबाट पानी निस्किएर सडक भास्सिएपछि मोटरसाईकल लड्न थाले भने पैदल यात्रु बाटो काट्न जुत्ता चम्पल खोल्न थाले ।

सडक भासिएको र भत्किएको छ भने सडकको दुवै किनारामा पानीको भेल बगेको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले विच्छ्याएको खानेपानीको पाईप फुटेको भनेर आशंका गरे पनि निर्देशनालयले त्यसलाई अश्विकार गरेको छ ।

आयोजना कार्यान्वयन निर्देशनालयका एक इञ्निनियरका अनुसार लैनचौरको त्यो क्षेत्रमा मेलम्चीको नयाँ पाइप नबिच्छ्याएको र त्यसरी पाईप नफुट्ने दाबी गरे । उनले मेलम्चीको पाईपबाट चुहावट हुन सक्छ तर सडक भासिएर पानी भेल बग्ने सम्भावना ९९ प्रतिशत रहँदैन ।

स्थानीयका अनुसार मेलम्चीको पानी केयूकेएलले पुरानो पाईपबाट बितरण गर्दा यस्तो पुरानो पाई फुटेका दाबी गरेका छन् । आयोजना कार्यान्वयन निर्देशनालयका इञ्जिनियरहरुले समेत त्यो सडकमा केयूकेएलको खानेपानीको पाईप वा ढल फुटेर सडक भासिएको हुन सक्ने बताए ।

कसको कमजोरीका कारण व्यस्त सडकमा पानीको भेल बग्यो भन्ने जिम्मेवारी हालसम्म कसैले पनि लिएको छैन ।

हेर्नुस् तस्वीरहरु –

सम्बन्धित समाचार

जनआन्दोलनताका निर्माण भएको पापड फेरि ब्युँतियो, ५ गते विशाल र्‍याली प्रदर्शनी
जनआन्दोलनताका निर्माण भएको पापड फेरि ब्युँतियो, ५ गते विशाल र्‍याली प्रदर्शनी
  • २०७९ मंसिर २६, १७: ३४

काठमाडौं : लोकतन्त्र, संविधान र नागरिक अधिकारको संरक्षणका लागि जनआन्दोलनका क्रममा गठन भएको शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड)...

दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
  • २०७९ मंसिर २६, १७: ३४

काठमाडौं : सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।...

सुकुम्वासीलाई जग्गाधनी प्रमाणपत्र वितरणको तयारी, असार तेस्रो साताबाट प्रक्रिया सुरु हुने
सुकुम्वासीलाई जग्गाधनी प्रमाणपत्र वितरणको तयारी, असार तेस्रो साताबाट प्रक्रिया सुरु हुने
  • २०७९ मंसिर २६, १७: ३४

काठमाडौँ : सरकारले सुकुम्वासी तथा भूमिहीन नागरिकलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ । भूमि व्यवस्था, सहकारी, संघीय...