
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकालाई स्पोर्टस सिटी (खेलकुद नगरी) बनाउने उदेश्यले नगरपालिकाले ‘खेलकुद नगरी संभाब्यता अध्ययन तथा समन्वय समिति’ गठन गरेको छ ।
समितिको मंगलबार बसेको पहिलो बैठकले नगर क्षेत्रमा खेलकुदको प्रचुर संभावना भएकाले विशिष्ट योजना र तयारीका साथ अगाडि बढ्ने निर्णय गरेको छ ।
नगर प्रमुख (मेयर) उपेन्द्र कार्कीको संयोजकत्वमा गठिन समितिले चाँडै नै विस्तृत योजनासहितको एउटा ठूलो खेलकुद सम्मेलन गर्ने र आवश्यक पूर्वाधार निर्माणका लागी जमिनको पहिचान गर्ने काम गरेको जनाइएको छ ।
समाज रुपान्तरण गर्ने र नगरपालिकालाई आर्थिक रुपमा समेत बलियो बनाउन यस्तो महत्वाकांक्षी योजना कोशेढुङगा सावित हुने विश्वास गरिएको छ । खेलकुदका पूर्वाधार निर्माणका लागि निजि क्षृेत्रलाई आकर्षित गर्न विशेष कार्यक्रम ल्याउने समितिले योजना बनाएको छ ।
नगर प्रमुख कार्कीको अध्यक्षतामा सबेको सो बैठकले खेलकुद माध्यमबाट नगर चिनाउने महान अभियानमा नगरवासी सवैको सहभागिताको लागि आब्हान गर्ने निर्णय भएको पत्रकार राधेश्याम दाहालले बताए ।

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...
काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...