कागेश्वरी मनोहरालाई खेलकुदको शहरको रुपमा विकास गरिने – Naya Bikalpa
April 26, 2024, Friday

कागेश्वरी मनोहरालाई खेलकुदको शहरको रुपमा विकास गरिने

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकालाई स्पोर्टस सिटी (खेलकुद नगरी) बनाउने उदेश्यले नगरपालिकाले ‘खेलकुद नगरी संभाब्यता अध्ययन तथा समन्वय समिति’ गठन गरेको छ ।

समितिको मंगलबार बसेको पहिलो बैठकले नगर क्षेत्रमा खेलकुदको प्रचुर संभावना भएकाले विशिष्ट योजना र तयारीका साथ अगाडि बढ्ने निर्णय गरेको छ ।

नगर प्रमुख (मेयर) उपेन्द्र कार्कीको संयोजकत्वमा गठिन समितिले चाँडै नै विस्तृत योजनासहितको एउटा ठूलो खेलकुद सम्मेलन गर्ने र आवश्यक पूर्वाधार निर्माणका लागी जमिनको पहिचान गर्ने काम गरेको जनाइएको छ ।

समाज रुपान्तरण गर्ने र नगरपालिकालाई आर्थिक रुपमा समेत बलियो बनाउन यस्तो महत्वाकांक्षी योजना कोशेढुङगा सावित हुने विश्वास गरिएको छ । खेलकुदका पूर्वाधार निर्माणका लागि निजि क्षृेत्रलाई आकर्षित गर्न विशेष कार्यक्रम ल्याउने समितिले योजना बनाएको छ ।

नगर प्रमुख कार्कीको अध्यक्षतामा सबेको सो बैठकले खेलकुद माध्यमबाट नगर चिनाउने महान अभियानमा नगरवासी सवैको सहभागिताको लागि आब्हान गर्ने निर्णय भएको पत्रकार राधेश्याम दाहालले बताए ।

सम्बन्धित समाचार

नेपालमा उत्पादन हुने जलविद्युतसहित हाइड्रोजन संसारकै सस्तो
नेपालमा उत्पादन हुने जलविद्युतसहित हाइड्रोजन संसारकै सस्तो
  • २०७९ मंसिर २८, १६: ४५

काठमाडौं। नेपालमा जलविद्युत् मात्रै नभएर हाइड्रोजन, सोलार, विण्ड जस्ता वैकल्पिक ऊर्जा उत्पादन संसारकै सस्तो भएकाले यसमै लगानी र प्रयोगमा जोड...

किसान महासंघद्वारा शुभकामना कार्यक्रम
किसान महासंघद्वारा शुभकामना कार्यक्रम
  • २०७९ मंसिर २८, १६: ४५

काठमाडौं । नेपाल किसान महासङ्घले नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा नयाँ वर्ष २०८१को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ।...

डा.शेखरको प्रश्न– डढेलोबाट अर्बौंको नोक्सानी हुँदा नियन्त्रण गर्न सरकार किन असंवेदनशिल?
डा.शेखरको प्रश्न– डढेलोबाट अर्बौंको नोक्सानी हुँदा नियन्त्रण गर्न सरकार किन असंवेदनशिल?
  • २०७९ मंसिर २८, १६: ४५

काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता डा.शेखर कोइरालाले देशब्यापी रुपमा डढेलो र आगलागीकाट घटनामा बृद्धि भइरहँदा त्यसलाई नियन्त्रण गर्न सरकार...