औपचारिक कार्यक्रममा समान व्यवहार गरी अतिथिको लस्कर राख्ने परम्परा त्यागौं : सांसद पौडेल – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

औपचारिक कार्यक्रममा समान व्यवहार गरी अतिथिको लस्कर राख्ने परम्परा त्यागौं : सांसद पौडेल

काठमाडौं । राष्ट्रिय सभाकी सांसद डा. बिमला राई पौडेलले प्रेस काउन्सिल नेपालले औपचारिक कार्यक्रमको पुरानो ढाँचालाई त्याग्दै सहभागीहरुमा समान व्यवहार प्रदर्शन गरेको भन्दै प्रशंसा गरेकी छन् ।

प्रेस काउन्सिल नेपालले मंगलबार राजधानीमा आयोजना गरेको एक कार्यक्रममा सांसद पौडेलल विशेष गरी सरकारी कार्यक्रम आयोजना हुँदा मञ्चलाई बोझिलो बनाएको, अतिथि वक्ता धेरै राख्ने गरेको र विषयवस्तुमा कम छलफल हुने गरेको भन्दै सबैले छरितो ढङ्गले कार्यक्रम गर्नुपर्ने सुझाव दिएकी हुन् ।

कार्यक्रममा सांसद पौडेलले भनिन् ‘यहाँ मैले कुनै मञ्च पनि देखिनँ, कुनै प्रमुख अतिथि र अतिथिहरूको लावालस्कर पनि देखिनँ । बोल्ने र सुझाव दिने सबै बराबरी र आमनेसामने पाएँ । हामी सबैले यस्तै गरौँ, पुरानो ढर्रा त्यागौँ ’

कांग्रेस महामन्त्री गगनकुमार थापाले प्रेससम्बद्ध ऐन, कानुन, नियमावली र निर्देशिका परिमार्जनका लागि काउन्सिलले पहल गरेमा संसदमा रहेर आफूहरुले प्रभावकारी भूमिका खेल्ने बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद एवम् केन्द्रीय सदस्य सोविता गौतम, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतलगायतले विषयवस्तुमाथि आ आफ्ना धारणा राखेका थिए । कार्यक्रममा मिडियालाई जिम्मेवार नबनाइ अहिलेको समस्या समाधन नहुने सांसद पौडेलले बताइन ।

सांसद गौतमले नयाँ संसदमा सञ्चार प्रबद्र्धनका लागि प्रभावकारी भूमिका खेल्ने दृढता व्यक्त गरिन् । कार्यक्रममा सहभागी वक्ता सांसदहरु, विज्ञ, सञ्चारकर्मी, सरोकारवाला सबैलाई समान ढङ्गले राखिएको थियो ।

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
  • २०७९ मंसिर २८, १७: १४

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन्  । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...

जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०७९ मंसिर २८, १७: १४

काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०७९ मंसिर २८, १७: १४

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...