काठमाडौका पूर्वप्रधानपञ्च चित्रकारको निधन – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

काठमाडौका पूर्वप्रधानपञ्च चित्रकारको निधन

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलका संस्थापक महामन्त्री एवम् काठमाडौंका पूर्वप्रधानपञ्च कमल चित्रकारको निधन भएको छ ।

तत्कालिन काठमाडौं नगरपञ्चायतका अध्यक्ष चित्रकारको सोमबार ८२ बर्षको उमेरमा काठमाडौंमा निधन भएको हो ।

कांग्रेसका पुराना नेता चित्रकार बीपी कोइराला पहिलोपटक प्रधानमन्त्री भएको बेला तरुण दलको महामन्त्री थिए । नेपाली कांग्रेसको भ्रातृ संंगठन नेपाल विद्यार्र्थी संघबाट राजनीति गरेका चित्रकार पञ्चायतकालमा ४ पटक जेल समेत परेका थिए ।

२०३८ सालमा तत्कालीन सुधारिएको पञ्चायतले गरेको पहिलो स्थानीय चुनावमा काठमाडौं नगरको प्रधानपञ्चमा निर्वाचित भएका उनै चित्रकारको समयमा काठमाडौंको रत्नपार्क र भोटाहिटी जोड्ने अन्डरपास बनेको थियो ।

चित्रकारको निधनमा श्रद्धाञ्जली दिन प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण लगायतका नेता कार्यकर्ता पशुपतिस्थित आर्यघाट पुगेका थिए ।

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
  • २०७९ मंसिर २९, १२: २९

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन्  । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...

जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०७९ मंसिर २९, १२: २९

काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०७९ मंसिर २९, १२: २९

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...