
काठमाडौँ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाले आठ हजार पाँच सय विद्यार्थीको निःशुल्क स्वास्थ्य परिक्षण गर्ने भएको छ ।
नगरपालिकाले बुधबार आयोजना गरेको पत्रकार भेटघाटमा कागेशवरी मनहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले नगरभित्रका १६ वटै सामूदायिक विद्यालयमा अध्ययनरत आठ हजार पाँच सय विद्यार्थीको स्वास्थ्य परिक्षण गर्ने अभियान सञ्चालन गर्न लागिएको जानकारी दिए ।
‘नगरवासीलाई स्वस्थ राख्न मेयरसँग ज्येष्ठ नागरिक निःशुल्क स्वास्थ्य सेवा, सरकारी स्कूलका बालबालिकालाई निःशुल्क स्वास्थ्यसेवा, नगरस्तरिय अस्पताल निर्माणलाई नगरपालिकाले प्राथमिकता दिएको छ’, मेयर ले भने । नगरपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमितामा राखेर नीति तथा कार्यक्रम बनाएर लागू गरेको र संस्कारसहितको गुणस्तरीय शिक्षा प्रदान गर्न आन्तरिक स्रोतबाट सात करोड वजेट विनियोजन गरेको जानकारी दिए ।
नगरपालिकाले चालू आर्थिक वर्षका लागि दुई अर्ब १५ करोड रुपैयाँको बजेट विनियोजन गरेको जनाउँदै उनले नगरवासी सबैलाई खानेपानी पु¥याउने लक्ष्य लिएर तीनवटा खानेपानी आयोजनालाई अगाडि बढाएको बताए । यस्तै, उज्यालो र सुरक्षित नगरपालिका बनाउनका लागि नगरभित्रका मुख्य र भित्रि सडकमा सिसिटिभी जडान र सडकवत्ती जडानको कामलाई प्राथमिकता दिएको र नगरभित्र उत्पन्न हुने फोहोरलाई नगरभित्र नै व्यवस्थापन गर्ने नीति नगरपालिकाले लिएको मेयर कार्कीले बताए ।
उनले नगरलाई खेलकुद नगरीको रुपमा अगाडि बढाइने, मनोहरा करिडोर निर्माण कार्यलाई आफ्नो कार्यकालमा पुरा गर्ने र सबै शिक्षकलाई तालिम दिने महत्वकांक्षी योजना प्रस्तुत गरेका छन् ।
नगरपालिकाकी उपप्रमुख शान्ता थापाले नगरभित्रका मुख्य सडक संघ र प्रदेश सरकारबाट ठेक्का लागेको बताउँदै सडक नबन्दा स्थानीय सरकारले जनताको गुनासो सुन्नुपरेको भन्दै जोरपाटीदेखि थली हुँदै साँखु जाने मुख्य सडकमा मुआव्जा लिने र काम गर्न नदिने प्रवृत्ति बढेकोले काममा बाधा पुगेको बताइन् ।
पत्रकार भेटघाटमा कूल एक लाख १५ हजार जनसंख्या रहेको सो नगरपालिकामा ३५ हजार घरधुरी छन भने नौ वडा रहेको छ । नगरपालिकामा चालू आर्थिक वर्षमा ५० वटा ठेक्का आयोजना भएपनि चार वटा आयोजनाको काम सम्पन्न भइसकेको, ४२ आयोजना निर्माणको क्रममा रहेको र चार आयोजनाको ठेकेदार नगरपालिकाको सम्पर्कमा नआएको जानकारी दिइयो ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...
काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...