संविधानसभाका पूर्वअध्यक्ष नेम्वाङबिरुद्ध सर्वोच्च अदालतमा मुद्धा – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

संविधानसभाका पूर्वअध्यक्ष नेम्वाङबिरुद्ध सर्वोच्च अदालतमा मुद्धा


काठमाडौं – नेकपा एमालेका नेता तथा संविधान सभाका पूर्बअध्यक्ष सुवासचन्द्र नेम्वाङबिरुद्ध सर्वोच्च अदालतमा मुद्धा परेको छ ।

उनीमाथि गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा धाँधली गरी चुनाव जितेको भन्दै पुनः मतगणना गर्न माग गर्दै उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले मुद्दा दायर गरेका हुन् ।

पूर्वसभामुख समेत रहेका नेम्वाङ कांग्रेसका उम्मेदवार खड्कासँग ११४ मतान्तरले विजयी भएका थिए । निर्वाचन कार्यालयका अनुसार नेम्वाङले ३० हजार २० मत प्राप्त गरेर जित हासिल गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका खड्काले २९ हजार ९०६ मत प्राप्त गरेका थिए ।

 

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
  • २०७९ पुष १, २१: ४३

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन्  । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...

जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०७९ पुष १, २१: ४३

काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०७९ पुष १, २१: ४३

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...