कांग्रेस केन्द्रीय सदस्यद्वय आचार्य र लामासहित क्षेत्रिय सभापति खरेललाई कारबाही – Naya Bikalpa
June 17, 2026, Wednesday      Epaper

कांग्रेस केन्द्रीय सदस्यद्वय आचार्य र लामासहित क्षेत्रिय सभापति खरेललाई कारबाही

काठमाडौं । नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रेले पार्टी केन्द्रीय सदस्यद्वय मधु आचार्य र गणेश लामालाई पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने गरी कारबाही गर्न पार्टीको केन्द्रीय अनुशासन समितिलाई सिफारिस गरेको छ ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टी र गठबन्धनका उम्मेदवार हराउन भूमिका खेलेको भन्दै कांग्रेस काभ्रेको शनिबार बसेको बैठकले पार्टीका कुनै पनि जिम्मेवारीमा नरहने गरी केन्द्रीय सदस्यद्वय आचार्य र लामा तथा प्रतिनिधि सभा क्षेत्र नम्बर २ का सभापति समेत रहेका पाँचखाल नगरपालिकाका मेयर महेश खरेललाई कारबाही गर्ने निर्णय गरी सिफारिस गरेको हो ।

निर्वाचनमा पार्टीका तर्फबाट प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फ उम्मेदवार रहेका पूर्वकेन्द्रीय सदस्य शिवप्रसाद हुमागाईँ र जिल्ला सभापति तीर्थ लामालाई अन्तर्घात गरी असहयोग गरेको जनाइएको छ ।

केन्द्रीय सदस्यद्वय आचार्य र लामा निर्वाचन प्रचार अभियानमा साथ नदिएको र विपक्षी उम्मेदवारलाई मत मागेको आरोप लगाइएको छ ।

केन्द्रीय सदस्य आचार्यले निर्वाचन अभियानमा मत माग्न सहभागी नभएको र आफू प्रदेशभरको जिम्मेवारीमा रहेको भन्दै व्यस्त कार्यतालिका सुनाउँदै पार्टी र गठबन्धनको उम्मेदवारलाई मत नमागेको कारण उनलाई कारबाही गरिएको जनाइएको छ ।

आचार्यले आफुनिकट रहेका वडा सभापति र वडा अध्यक्षहरूको बैठक नै बोलाएर विपक्षी उम्मेदवार एमालेका गोकुल बाँस्कोटालाई मतदान गर्न दबाब दिएको र अन्य किसिमका प्रलोभन बाँडेको आरोप सहित कांग्रेस काभ्रेको वडा कार्यसमिति, गाउँ तथा नगर कार्यसमिति, क्षेत्रीय समितिमार्फत जिल्ला अनुशासन समितिमा समेत उजुरी परेको थियो ।

केन्द्रीय सदस्य लामाले निर्वाचन अभियानमा उपस्थित नभएको, आफू निकटका कार्यकर्तालाई सूर्य चिन्हमा मतदान गर्न र नसके हलोमा मत माग्न लगाएको, सार्वजनिक रूपमा एमाले उम्मेदवार चन्द्र लामालाई जिताउनु आह्वान गर्दै पार्टी सभापति तीर्थ लामाविरुद्ध लागेको आरोपसहित उजुरी परेको थियो ।

प्रतिनिधि सभा क्षेत्र नम्बर २ का सभापति खरेल क्षेत्रीय सभापतिको जिम्मेवारीमा रहेर निर्वाचन परिचालनको कुनै पनि जिम्मेवारी नलिएको, मातहतको सङ्गठनहरू वडा, नगर र प्रदेश कार्यसमिति परिचालन नगरेको, आफू निकटका कांग्रेस वडा सभापति र वडा अध्यक्षका उम्मेदवार, नेता कार्यकर्ताहरू समेतलाई बोलाई एमाले उम्मेदवार बास्कोटालाई भोट हाल्न दबाब दिने र पैसा समेत बाँडेको आरोपसहित उजुरी परेको थियो ।

कांग्रेस काभ्रेले बनेपा नगरपालिकाबाट प्रदेश सभा सदस्य उम्मेदवारलाई भन्दा प्रतिनिधि सभा सदस्य उम्मेदवारलाई तीन हजार भन्दा बढी मत कम आउनुको कारण बारे स्पष्ट पार्न प्रदेश सांसद कञ्चनचन्द्र बादे र बनेपा नगर समितिलाई निर्देशन दिने निर्णय गरेको छ ।

 

सम्बन्धित समाचार

जनआन्दोलनताका निर्माण भएको पापड फेरि ब्युँतियो, ५ गते विशाल र्‍याली प्रदर्शनी
जनआन्दोलनताका निर्माण भएको पापड फेरि ब्युँतियो, ५ गते विशाल र्‍याली प्रदर्शनी
  • २०७९ पुष २, २१: ५९

काठमाडौं : लोकतन्त्र, संविधान र नागरिक अधिकारको संरक्षणका लागि जनआन्दोलनका क्रममा गठन भएको शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड)...

दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
  • २०७९ पुष २, २१: ५९

काठमाडौं : सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।...

सुकुम्वासीलाई जग्गाधनी प्रमाणपत्र वितरणको तयारी, असार तेस्रो साताबाट प्रक्रिया सुरु हुने
सुकुम्वासीलाई जग्गाधनी प्रमाणपत्र वितरणको तयारी, असार तेस्रो साताबाट प्रक्रिया सुरु हुने
  • २०७९ पुष २, २१: ५९

काठमाडौँ : सरकारले सुकुम्वासी तथा भूमिहीन नागरिकलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ । भूमि व्यवस्था, सहकारी, संघीय...