कांग्रेस संसदीय दलको नेतामा इत्तर समूहबाट थापाले उम्मेदवारी दिने – Naya Bikalpa
June 17, 2026, Wednesday      Epaper

कांग्रेस संसदीय दलको नेतामा इत्तर समूहबाट थापाले उम्मेदवारी दिने

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टीको संस्थतापनइतर पक्षबाट गगनकुमार थापाले उम्मेदवारी दिने भएका छन् ।

संस्थापनइत्तर समूहका नेतासहित सांसदहरुको मंगलबार बिहानदेखि बबरमहलस्थित होटल बसेरामा बसेको बैठकमा नेता शेखर कोइरालाको प्रस्तावमा थापाले संसदिय दलको नेतामा उम्मेदवारी दिने भएका हुन् ।

यसअघि संसदीय दलको नेतामा आफू नै उम्मेदवार बन्नुपर्ने दाबी गर्दै आएका कोइराला थापाको अडानका कारण पछि हट्न बाध्य भएका हुन् ।

बैठकमा नेता कोइरालाले पुस्तान्तरणको पक्षमा आफू रहेको भन्दै गगन थापा संसदीय दलको साझा उम्मेदवार रहने भन्दै प्रस्ताव गरेपछि उपसभापति समेतर रहेको सांसद धनराज गुरुङले समर्थन गरेका थिए । कोइराला समूहको सोमबारदेखि पटक पटक बस्दै आएको बैठकबाट थापालाई उम्मेदवार उठाउने विषयमा सहमति जुटेको हो ।

नेपाली कांग्रेसले पार्टी संसदीय दलको नेता चयनको लागि मंगलबार दिउँसो २ देखि ३ बजेसम्म मनोनयन दर्ताको कार्यक्रम तय भएको छ । दलको नेतामा उम्मेदवारी दिनेल दरखास्तसहित ५१ हजार रुपैयाँ शुल्क तिर्नु पर्ने सूचना सार्वजनिक गरिसकेको छ ।

संस्थापन पक्षबाट भने पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले उम्मेदवारी दिने निश्चित भएको छ । दलको नेता चयनको लागि पार्टीद्वारा गठित निर्वाचन समितिले बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म मतदानको समय निर्धारण गरेको छ ।

पार्टी महामन्त्री समेत रहेका थापाले निर्वाचन अगाडि नै आफूलाई भावी प्रधानमन्त्रीको रुपमा घोषणा गर्दै आएका थिए भने उनलाई अर्का महामन्त्री विश्वप्रकश शर्मालदे समेत भावी प्रधानमन्त्रीको रुपमा पार्टी संसदीय दलको र्बैठकमा प्रस्ताव गर्ने सार्वजनिक अभिव्यक्ति दिएका थिए ।

पार्टी संसदीय दलको नेता नै सरकारमा पार्टीले नेतृत्व गर्न पाईने भएकाले दलको नेताको लागि संस्थापनइत्तरमा लामो छलफल भएको छ । महामन्त्री थापालाई संसदीय दलको नेताको उम्मेदवार हुँदा रामचन्द्र पौडेल, प्रकाशमान सिंह, डा. शशांक कोइराला आदिले पक्षमा मत दिन्छन वा दिँदैनन भन्ने निश्चित छैन ।

 

सम्बन्धित समाचार

जनआन्दोलनताका निर्माण भएको पापड फेरि ब्युँतियो, ५ गते विशाल र्‍याली प्रदर्शनी
जनआन्दोलनताका निर्माण भएको पापड फेरि ब्युँतियो, ५ गते विशाल र्‍याली प्रदर्शनी
  • २०७९ पुष ५, १३: ४१

काठमाडौं : लोकतन्त्र, संविधान र नागरिक अधिकारको संरक्षणका लागि जनआन्दोलनका क्रममा गठन भएको शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड)...

दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
  • २०७९ पुष ५, १३: ४१

काठमाडौं : सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।...

सुकुम्वासीलाई जग्गाधनी प्रमाणपत्र वितरणको तयारी, असार तेस्रो साताबाट प्रक्रिया सुरु हुने
सुकुम्वासीलाई जग्गाधनी प्रमाणपत्र वितरणको तयारी, असार तेस्रो साताबाट प्रक्रिया सुरु हुने
  • २०७९ पुष ५, १३: ४१

काठमाडौँ : सरकारले सुकुम्वासी तथा भूमिहीन नागरिकलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ । भूमि व्यवस्था, सहकारी, संघीय...