
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र पार्टी महामन्त्री गगनकुमार थापाबीच प्रतिष्पर्धा हुने भएको छ ।
कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा मंगलबार अपरान्ह महामन्त्री थापाले पहिले र सभापति देउवाले पछि उम्मेदवारी दर्ता गराएका हुन् ।
दलको नेतामा उम्मेदवारी दर्ता गराएका देउवाको प्रस्तावकमा बरिष्ठ नेता रामचन्द्र पौडेल र समर्थकमा उपसभापति पूर्णबहादुर खड्का बसेका छन् । उम्मेदवारी दर्ता गर्न थापा गएको केही क्षणमै सभापति देउवा पनि पुगेका थिए ।
दलको नेतामा उम्मेदवारी दिएका थापाको प्रस्तावकमा संस्थापनइत्तरको नेतृत्व गर्दै आएका डा. शेखर कोइराला छन् भने समर्थकमा उपसभापति धनराज गुरुङ र महामन्त्री विश्वप्रकाश शर्मा बसेका छन् । थापाको पक्षमा कृष्णप्रसाद सिटौला समूहका प्रदीप पौडेल पनि खुलेका छन् ।
उम्मेदवारी दर्ता कार्यक्रममा पूर्वमहामन्त्रीहरु प्रकाशमान सिंह, डा. शशांक कोइराला, कृष्णप्रसाद सिटौला, गोपालमान सिंह कोही पनि देखिएनन् ।
कांग्रेस संसदीय दलको नेता चयनको लागि बुधबार विहान ८ देखि १० बजेसम्म दलको कार्यालय सिंहदबारमा मतदान हुँदैछ । कांग्रेसले संघीय संसदको प्रतिनिधि सभामा प्रत्यक्षबाट ५७ जना र समानुपातिकबाट ३२ जनालाई निर्वाचित गराउन सफल भएको छ ।
हेर्नुस् तस्वीर –





काठमाडौं : लोकतन्त्र, संविधान र नागरिक अधिकारको संरक्षणका लागि जनआन्दोलनका क्रममा गठन भएको शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड)...
काठमाडौं : सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।...
काठमाडौँ : सरकारले सुकुम्वासी तथा भूमिहीन नागरिकलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ । भूमि व्यवस्था, सहकारी, संघीय...