कांग्रेसका यी ७ सांसद जसले देउवालाई भोट दिए – Naya Bikalpa
June 17, 2026, Wednesday      Epaper
कांग्रेस संसदीय दलको नेताको निर्वाचन परिणाम

कांग्रेसका यी ७ सांसद जसले देउवालाई भोट दिए


काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बुधबार बिहान भएको निर्वाचनमा संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा भारी मतले विजयी भएका छन् । उनी संसदीय दलमा निर्वाचित भएको यो छैंठौं पटक हो । देउवा यसअघि २०५१, २०५८, २०६३, २०७२ र २०७४ मा संसदीय दलको नेतामा विजयी भइसकेका छन् ।

८९ जना प्रतिनिधिसभा सदस्य रहेको कांग्रेस संसदीय दलमा देउवाले ६४ मत पाएका थिए । देउवासँग दलको नेतामा प्रतिष्पर्धा गरेका पार्टी महामन्त्री गगनकुमार थापाले २५ मतमा चित्त बुझाउनु परेको थियो । यसअघि २०७४मा भएको पार्टी संसदीय दलको निर्वाचनमा देउवा ४४ मत पाएर विजयी भएका थिए भने प्रतिष्पर्धी प्रकाशमान सिंहले १९ मत ल्याएर चित्त बुझाएका थिए ।

बुधबार भएको संसदीय दलको नेताको चुनावमा थापालाई संस्थापनइत्तर पक्षको साथ, समर्थन र सहयोग रहे पनि उनलाई इत्तर पक्षका सबैले भोट हालेनन् । थापाको प्रस्तावक नेता डा. शेखर कोइराला र समर्थकमा उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेल थिए । तथापी थापाले २५ मतमै चित्त बुझाउनु परेको थियो ।

पार्टी संस्थापनइत्त भनिएका पार्टी केन्द्रीय सदस्य समेत रहेका उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री दिलेन्द्रप्रसाद बढु, पूर्वमन्त्री हृदयराम थानी, युवा सांसद योगेश गौचन थकाली, तेजुलाल चौधरी, राजेन्द्र बजगाईँ, राजु थापा र रामकृष्ण यादवले पार्टी सभापति समेत रहेका देउवाको पक्षमा भोट हालेका छन् ।

संस्थापनइत्तर पक्षका भनेर चिनिएका कतिपय सांसदहरुले गगन थापालाई संसदीय दलको नेतामा उम्मेदवार बनाएर डा.शेखर कोइरालाले गल्ती गरेको भन्दै असन्तुष्टि जनाएका थिए भने कतिपय सांसदले सांसदहरुलाई सामाजिक सञ्जालबाट गगनको पक्षमा भोट हाल्न धम्क्याइएको गुनासो गरेका छन् ।

संस्थापनइत्तरका केही सांसदले सत्ता गठबन्धनसँग तालमेल गरेर चुनावमा कांग्रेस होमिएको र गठबन्धन गरेर मात्रै सरकारको नेतृत्व गर्न सकिने भन्दै त्यसको लागि देउवा नै उपयुक्त नेता भएको प्रतिक्रिया दिए ।

पार्टी सभापति देउवाले संसदीय दलका सबै सदस्यलाई फोन गरेर भोट मागेका थिए तर गगनको पक्षमा अन्य दलका नेता र उनी निकटकाले भोट माग्दै धम्क्याएको एक सांसदले गुनासो गरे ।

स्वविवेकले निर्णय गर्ने सांसदको अधिकारमाथि जवर्जस्ती दबाब दिने उदेश्यले मत पागेको, पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री डा. शशांक कोइराला, प्रकाशमान सिंह लगायतलाई अपमानजनक ढंगले संवोधन गरेको दाबी संस्थापनइत्तरका असन्तुष्ट सांसदले जनाए ।

संस्थापनइत्तका केही नेताहरुले सहमहामन्त्री बद्रीप्रसाद पाण्डे, रौतहटका सांसद देवीप्रसाद तिमल्सिना, बर्दियाका सांसद सञ्जय गौतम, दाङका सांसद दिपक गिरी र समानुपातिक सांसद सीता मिजारले गगनको पक्षमा भोट नदिएको हुन सक्ने आशंका व्यक्त गर्दै आएका छन् ।

तिमल्सिनाको सम्पर्क र सम्वन्ध दुवै गुटतिर भएकाले उनीमाथि आशंका स्वभाविक भए पनि अन्य सांसदहरुले भने थापालाई मत दिएको एक सासदले दाबी गरे । कतिपय मध्यमार्गी सांसदहरुले बरिष्ठताको आधारमा समेत देउवालाई मत दिएको तर्क गरेका थिए ।

सम्बन्धित समाचार

जनआन्दोलनताका निर्माण भएको पापड फेरि ब्युँतियो, ५ गते विशाल र्‍याली प्रदर्शनी
जनआन्दोलनताका निर्माण भएको पापड फेरि ब्युँतियो, ५ गते विशाल र्‍याली प्रदर्शनी
  • २०७९ पुष ६, १५: २८

काठमाडौं : लोकतन्त्र, संविधान र नागरिक अधिकारको संरक्षणका लागि जनआन्दोलनका क्रममा गठन भएको शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड)...

दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
  • २०७९ पुष ६, १५: २८

काठमाडौं : सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।...

सुकुम्वासीलाई जग्गाधनी प्रमाणपत्र वितरणको तयारी, असार तेस्रो साताबाट प्रक्रिया सुरु हुने
सुकुम्वासीलाई जग्गाधनी प्रमाणपत्र वितरणको तयारी, असार तेस्रो साताबाट प्रक्रिया सुरु हुने
  • २०७९ पुष ६, १५: २८

काठमाडौँ : सरकारले सुकुम्वासी तथा भूमिहीन नागरिकलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ । भूमि व्यवस्था, सहकारी, संघीय...