
काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको उपनेतामा अर्थमन्त्री समेत रहेका जनार्दन शर्मा र पूर्वअर्थमन्त्री बर्षामान पुनले संसदीय दलको उपनेता दाबी गरेका छन् ।
पार्टीमा दुवैजना उपमहासचिव हुन् । दुबैको बरियता एउटै जस्तै छ । त्यसैले दुई नेतामध्ये कसलाई संसदीय दलको उपनेता बनाउने भन्ने विषय यतिवेला प्रचण्डको टाउको दुखाई भएको छ ।
संसदीय दलको नेतामा प्रचण्ड सर्वसम्मतले चयन हुने सम्भावना सरल र सहज भए पनि उपनेता कसलाई बनाउने भन्ने विषय जटिल बनेको हो ।
पार्टीको गत बर्ष सम्पन्न महाधिवेशनमा समेत शर्मा र पुन दुवैले महासचिव पदमा दाबी नछाडेपछि अध्यक्ष दाहालले देव प्रसाद गुरुङलाई महासचिव बनाएका थिए । पार्टी महासचिव गुरुङ लमजुङबाट प्रतिनिधिसभा सदस्यमा पराजित भएसँगै संसदीय दलको उपनेतामा शर्मा र पुनले दाबी गरेका हुन् ।
माओबादी संसदीय दलको नेता र उपनेता चयन गर्न माओवादीले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा अपरान्ह ४ बजे बैठक राखेको छ । दलको बैठकअघि अहिले पदाधिकारी बैठक बसिरहेको छ ।
अध्यक्ष दाहालले अर्थमन्त्री शर्मालाई महामन्त्री बनाउने र पुनलाई सरकारमा गृह वा अन्य कुनै महत्वपूर्ण मन्त्रालय दिने प्रस्तावका विषयमा छलफल गरिरहेका छन् । हालै मात्र चीनमा लामो उपचार गरेर फर्किएका पुनलाई चिड्याउन प्रचण्ड चाहँदैनन् ।
काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनबारे राजनीतिक दलहरूसँग परामर्श प्रक्रिया अघि बढाएको छ । आयोगले यस विषयमा छलफल...
सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ अन्तर्गत धनकौलस्थित छठ घाटमा पुगेर छठ पर्वमा सहभागी भएका...