
काठमाडौं । सत्ता गठबन्धनका दलहरुबीचको सहमतिको प्रयास भाँडिएपछि माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले अध्यक्ष केपी शर्मा ओीललाई भेट्न उनको निवास भक्तपुरस्थित बाल्कोट पुगेका छन् ।
एमाले अध्यक्ष ओलीसँग दाहालसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबी लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजबादीका नेता असोक राई लगायतका नेता सामूहिक भेटघाटमा जुटेका हुन् ।
याँ सरकार बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको एक साता लामो समयसीमा आज ५ बजे सकिन लागेपछि दलहरु नयाँ सरकार गठनको प्रयासमा जुटेका हुन् । प्रतिनिधि सभाका दुई सय ७५को बहुमत अर्थात एक सय ३८ सांसद पुर्याउन माओबादी अध्यक्ष दौडधुपमा लागेका हुन् ।

सत्ता गठबन्धनको बैठकबाट बाहिरिएसँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बालकोट पुगेका हुन् । नेताहरुबीच बालकोटमा दुई पक्षीय तथा बहुपक्षीय बैठक भइरहेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच नयाँ सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा सहमति नभएपछि गठबन्धन भाँडिएको हो । त्यसको विकल्पमा सरकार बनाउन बालकोटमा छलफल थालिएको बताइएको छ ।


काठमाडौं : लोकतन्त्र, संविधान र नागरिक अधिकारको संरक्षणका लागि जनआन्दोलनका क्रममा गठन भएको शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड)...
काठमाडौं : सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।...
काठमाडौँ : सरकारले सुकुम्वासी तथा भूमिहीन नागरिकलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ । भूमि व्यवस्था, सहकारी, संघीय...