
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्र्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री बन्ने भएका छन् ।
माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई राष्ट्रपति विद्यादेबी भण्डारीले नियुक्त गरेपछि आज दिउँसो संसद भवन परिसर, बानेश्वरमा बसेको सत्ता साझेदार दलहरुको बैठकमा लामिछानेले आफूले उपप्रधानमन्त्रीसहित गृह मन्त्रीमा दाबी गरेको बताएका हुन् ।
रास्वपाले भ्रष्टाचारको मुद्दा हेर्न अधिकार सम्पन्न संयन्त्र बनाउने, शिक्षा र स्वास्थ्यमा साझा विधेयक ल्याउने, विदेशमा रहेका नेपालीहरुलाई भोटिङ राइट दिने, उद्दारका लागि संयन्त्र बनाउने, स्टार्टअपलाई विशेष कार्यक्रम बनाउनुपर्ने जस्ता महात्वाकांक्षीय योजना घोषणा पत्रमा उल्लेख गरेको थियो ।
लामिछाने नेतृत्वको दल राष्ट्रिय स्वतन्त्र पार्टी सत्ताको नेतृत्व गरेको माओबादी केन्द्रको भन्दा १२ सिट मात्र कम भएको भन्दै उनले गृहमन्त्रीमा दाबी पेश गरेका थिए । प्रधानमन्त्रीमा प्रचण्डलाई समर्थन गरे पनि राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीले भने सरकारमा नजाने निर्णय गरिसकेको छ ।
काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनबारे राजनीतिक दलहरूसँग परामर्श प्रक्रिया अघि बढाएको छ । आयोगले यस विषयमा छलफल...
सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ अन्तर्गत धनकौलस्थित छठ घाटमा पुगेर छठ पर्वमा सहभागी भएका...