
काठमाडौं । चन्द्रकान्त (सीके) राउत नेतृत्वको जनमत पार्टीले पार्टीका उपाध्यक्ष अब्दुल खाँलाई सरकारमा पठाउने भएको छ । पार्टी उपाध्यक्ष एवम् प्रवक्ता खाँलाई जनमत पार्टीका अध्यक्ष सीके राउतले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारीसहित सरकारमा पठाउने सहमति भएको बताए ।
जनमत पार्टीले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ एक र समानुपातिकमा ५ सिट जितेको छ । उसले संघीय सरकारमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि तथा सहकारी मन्त्रालयको दाबी गरेको छ । जनमतले प्रदेश २ मा मुख्यमन्त्री वा धेरै सख्यामा प्रदेश मन्त्रीको दाबीलाई प्राथमिकता दिएको छ ।
मन्त्रालय बाँडफाँटका लागि संघीय संसद् भवनमा सत्तारुढ गठबन्धनको बैठक बसेको थियो । नवनियुक्त प्रधानमन्त्री प्रचण्डसहित मन्त्रीहरूले आजै शपथ लिने तयारी गरिएको छ ।
काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनबारे राजनीतिक दलहरूसँग परामर्श प्रक्रिया अघि बढाएको छ । आयोगले यस विषयमा छलफल...
सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ अन्तर्गत धनकौलस्थित छठ घाटमा पुगेर छठ पर्वमा सहभागी भएका...