
काठमाडौं । रञ्जिता श्रेष्ठ चौधरी अध्यक्ष रहेको नागरिक उन्मुक्त पार्टीले प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समर्थन गरे पनि सरकारमा भने सहभागी नहुने भएको छ ।
सरकारमा जानु अघि पार्टीका संरक्षक रेशम चौधरीको रिहाइलाई बटमलाइन बनाएको नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारमा निर्णायक शक्तिको रुपमा उभिएको छ ।
प्रधानमन्त्री प्रचण्डले रेशम चौधरी लगायतको रिहाइका लागि पहल गर्ने आश्वासन दिएकाले नागरिक उन्मुक्ति पार्टीले सरकारलाई समर्थन गरेको पार्टी प्रवक्ता दामोदर पण्डितले बताए ।
पार्टीका संरक्षक रेशम चौधरीले आफ्ना पार्टीका सांसदहरुलाई सोमबार बिहान डिल्लीबजार कारागारमा छलफलका लागि बोलाएका थिए । उनले सरकारमा जान नहतारिन आग्रह गरेका थिए । सो पार्टीको प्रतिनिधि सभामा ४ जना सांसद रहेका छन् ।
काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनबारे राजनीतिक दलहरूसँग परामर्श प्रक्रिया अघि बढाएको छ । आयोगले यस विषयमा छलफल...
सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ अन्तर्गत धनकौलस्थित छठ घाटमा पुगेर छठ पर्वमा सहभागी भएका...