
काठमाडौं – राष्ट्रपति विद्यादेबी भण्डारीले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सपथ खुवाएलगत्तै तीन उपप्रधानमन्त्री र ३ मन्त्रीले पनि पद तथा गोपनियताको सपथ लिएका छन् । आठ सदस्यीय मन्त्रिमण्डल गठन गरे पनि एमालेबाट सरकारमा नियुक्त बाराकी ज्वालाकुमारी साह ट्राफिक जाममा परेर ढिला पुग्दा सपथ लिनबाट बञ्चित भइन ।
मन्त्रिपरिषद्मा एमाले उपाध्यक्ष विष्णु पौडेलले उपप्रधानमन्त्रीसहित अर्थमन्त्री पाएका छन् भने माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री बनेका छन् ।
ज्वाला कुमारी साह, दामोदर भण्डारी, राजेन्द्र कुमार राई र अब्दुल खान पनि मन्त्री बनेका छन् । साह सपथ कार्यक्रममा उपस्थित हुन ढिला भए पनि भण्डारी, राई र खानले सपथ लिएका छन् । भण्डारी र राई एमालेबाट मन्त्री भएका हुन भने खान जनमत पार्टीबाट मन्त्री भएका हुन् ।
सपथ लिन तीनै जना मन्त्रीको विभागिय जिम्मेवारी वाँडफाँट नगरिएका कारण अर्थ, गृह र भौतिक पूर्वाधारवाहेकका सबै मन्त्रालयहरु प्रधानमन्त्री प्रचण्डले आफूसँग राखेका छन् ।
सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, सर्वोेच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको उपस्थिति थियो ।
समारोहमा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायतको उपस्थिति थियो ।
वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...
१.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...