
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसको वर्तमान नेतृत्वप्रति चरम असन्तुष्टि व्यक्त गर्दै गठबन्धनको प्रकरणमा कैयन कांग्रेसजनको राजनीतिक हत्या भएको आफुले बिर्सन नसक्ने बताएका छन् ।
पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सत्तारुढ गठबन्धन तोड्दै नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार पद तथा गोपनियताको सपथ लिएकै दिन प्रेस विज्ञप्ति जारी गर्दै डा.कोइरालाले गठबन्धनको नाममा कांग्रेस जनको राजनीतिक हत्यालाई नेपालको लोकतान्त्रिक आन्दोलनको नेतृत्वदायी भूमिका सुहाउँदो घटना नभएको जनाएका छन् ।
उनले कांग्रेसको नेतृत्वमा बस्नेले यसवाट शिक्षा लिन सक्नुपर्छ भन्दै संविधानको रक्षा र समृद्धिको यात्रा गर्ने भनी गठित देउवा नेतृत्वको गठबन्धनले किन र कसरी निरन्तरता पाउन सकेन भन्ने प्रश्न गम्भीर रूपमा अगाडि आएको बताएका छन् ।
गठबन्धन तोडिनुको चित्तबुझ्दो जवाफ कांग्रेसको नेतृत्वले कांग्रेस कार्यकर्ता, समर्थक, शुभेच्छुक लगायत सबै आम नेपालीलाई दिनुपर्ने खाँचो औल्याए ।
‘पार्टी नेतृत्वले गरेको गल्ती र कमजोरीको लागि माफी माग्नेछौँ । जनतासँग संवाद शुरू गरेर नयाँ कांग्रेस निर्माणको महाअभियानमा जुटनुको हामीसँग अब विकल्प छैन’, डा.कोइरालाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सत्ता गुम्दैमा कांग्रेसको शक्ति गुमेको छैन । हामी थप सशक्त भएर कांग्रेस सशक्तीकरणको अभियानमा जुट्न दृढ संकल्प गछौँ ।’
प्रधानमन्त्री हुनु भएका माओबादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सांसदहरूको अत्यधिक बहुमत जुटाई नियुक्त भएकोमा बधाई र शुभकामना दिँदै कोइरालाले संसदवाट नयाँ सरकारको नेतृत्वमा प्रचण्डको सत्तारोहण अपेक्षित भने नभएको टिप्पणी डा. कोइरालाले टिप्पणी गरेका छन् ।
संसदको तेश्रो शक्ति भएर पनि सरकारको नेतृत्व गर्न सफल हुने घटनालाई संसदीय व्यवस्थामा असम्भव नभए पनि सामान्यतया अराजनीतिक र अराजकताको पराकाष्ठा मानिने कोइरालाको दाबी थियो ।
गठबन्धन तोडिएसँगै कांग्रेसले ठूलो मूल्य चुकाएर पाँच दलीय गठबन्धन बनाए पनि टिक्न नसक्नु र कांग्रेस संसदको सबैभन्दा ठुलो राजनीतिक शक्ति भएर पनि विपक्षमा पुग्नु र गठबन्धनको मुख्य ‘पार्टनर’ नेकपा माओवादी केन्द्रको अस्थिर राजनीतिक चरित्र फेरि एक पटक उदाङ्गिएको बताएका छन् ।
तत्कालको लागि नयाँ र अप्ठ्यारो परिस्थितिमा पार्टी पुग्यो भन्ने निराशा आउनु अस्वभाविक होइन भन्दै उनले निरास हुनुपर्ने कुनै कारण भने नरहेको दाबी गरे । उनले भने ‘हामी निरन्तर संवाद र सम्पर्कमा रहदै तपाईहरुको घर आँगनमा आउने छौँ । किन यस्तो परिस्थिति निर्माण भयो भनी हामी नेतृत्व समक्ष र कार्यसमितिमा निर्मम समीक्षा गर्ने नै छौँ ।’

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
१.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...