
काठमाडौं । प्रदेश नम्बर १ को प्रदेश सभाको प्रथम अधिवेशन आगामी पुस १७ गतेका लागि बोलाइएको छ । प्रदेश प्रमुख परशुराम खापुङले मंगलबार एक सूचना जारी गर्दै संसदको अधिवेशन बोलाएका हुन् ।
नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम उनले प्रदेश सभाको प्रथम अधिवेशन डाकेका हुन् । सोमबार प्रदेश १ को मन्त्रिपरिषद् बैठकले प्रदेशसभा अधिवेशन बोलाउनका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेको थियो । हाल नेकपा एसका नेता राजेन्द्र राई यो प्रदेशमा मुख्यमन्त्री छन् ।
९३ सदस्यीय प्रदेश नम्वर १ को प्रदेश सभामा एमालेका ४०, कांग्रेसका २९, माओबादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजबादीका ४ र जनता समाजबादीका १ प्रदेश सभा सदस्य छन् ।
प्रदेश नम्वर १ मा सबैभन्दा ठूलो दल एमाले संसदीय दलका नेता हिक्मत कार्की मुख्यमन्त्री हुने सम्भावना बढी छ । एमालेलाई राप्रपाको ६ र जसपाको १ सांसदकै समर्थनमा प्रदेशको सरकारको नेतृत्व गर्न बहुमत पुग्छ ।

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...
१.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...