मुख्यमन्त्रीद्वारा किर्ते गर्ने मन्त्रीलाई वर्खास्त, मन्त्री पक्राउ गर्न आदेश – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

मुख्यमन्त्रीद्वारा किर्ते गर्ने मन्त्रीलाई वर्खास्त, मन्त्री पक्राउ गर्न आदेश

काठमाडौं । बंैक ग्यारेण्टीको किर्ते पत्र बनाउने कर्णाली प्रदेशका भौतिक योजना तथा पूर्वाधार मन्त्री खड्गबहादुर खत्रीलाई अदालतले पक्राउ गर्न आदेश दिएपछि बर्खास्त भएका छन् । फौजदारी अभियोग लागेका मन्त्री खत्री पदबाट स्वतः निलम्बित भए पनि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उनलाई पदमुक्त गरेको घोषणा गरेका छन् ।

कर्णाली प्रदेशमा चर्चित ठेकेदारको रुपमा चिनिएका खत्री मन्त्री हुँदैदेखि विवादित बनेका थिए । मन्त्री खत्रीसहित पाँच जनाले एक करोड १० लाख ८० हजार रकमको कृषि विकास बैंक भोजपुरबाट जारी बैंक ग्यारेन्टीको पत्र किर्ते बनाई जिल्ला प्राविधिक कार्यालय भोजपुरमा पेश गरेको अदालतले ठहर गरेपछि उनलाई पक्राउ गर्न अदालतले दिएको थियो ।

सुर्खेतमा केएसके कन्सट्रक्सन नामक कम्पनी चलाएर बसेका मन्त्री खत्रीलाई पदमुक्त गरिएपछि उनले सम्हाल्दै आएको भौतिक योजना तथा पूर्वाधार मन्त्रालयको जिम्मेवारी पनि मुख्यमन्त्री शाही आफैले सम्हालेका छन् ।

कर्णाली प्रदेश सरकारका मन्त्री खड्कबहादुर खत्रीलाई उच्च अदालत पाटनले तीन दिनभित्र पक्राउ गरेर उपस्थित गराउन आदेश दिएको थियो । उच्च अदालतको संयुक्त वाणिज्य इजलासका न्यायाधीशद्वय श्रीकान्त पौडेल र टेकप्रसाद ढुंगानाको इजलासले सोमबार मन्त्री पक्रन आदेश दिएको थियो ।

सम्बन्धित समाचार

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०७६ भाद्र २, ०७: ४९

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०७६ भाद्र २, ०७: ४९

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०७६ भाद्र २, ०७: ४९

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...