
काठमाडौं । बंैक ग्यारेण्टीको किर्ते पत्र बनाउने कर्णाली प्रदेशका भौतिक योजना तथा पूर्वाधार मन्त्री खड्गबहादुर खत्रीलाई अदालतले पक्राउ गर्न आदेश दिएपछि बर्खास्त भएका छन् । फौजदारी अभियोग लागेका मन्त्री खत्री पदबाट स्वतः निलम्बित भए पनि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उनलाई पदमुक्त गरेको घोषणा गरेका छन् ।
कर्णाली प्रदेशमा चर्चित ठेकेदारको रुपमा चिनिएका खत्री मन्त्री हुँदैदेखि विवादित बनेका थिए । मन्त्री खत्रीसहित पाँच जनाले एक करोड १० लाख ८० हजार रकमको कृषि विकास बैंक भोजपुरबाट जारी बैंक ग्यारेन्टीको पत्र किर्ते बनाई जिल्ला प्राविधिक कार्यालय भोजपुरमा पेश गरेको अदालतले ठहर गरेपछि उनलाई पक्राउ गर्न अदालतले दिएको थियो ।
सुर्खेतमा केएसके कन्सट्रक्सन नामक कम्पनी चलाएर बसेका मन्त्री खत्रीलाई पदमुक्त गरिएपछि उनले सम्हाल्दै आएको भौतिक योजना तथा पूर्वाधार मन्त्रालयको जिम्मेवारी पनि मुख्यमन्त्री शाही आफैले सम्हालेका छन् ।
कर्णाली प्रदेश सरकारका मन्त्री खड्कबहादुर खत्रीलाई उच्च अदालत पाटनले तीन दिनभित्र पक्राउ गरेर उपस्थित गराउन आदेश दिएको थियो । उच्च अदालतको संयुक्त वाणिज्य इजलासका न्यायाधीशद्वय श्रीकान्त पौडेल र टेकप्रसाद ढुंगानाको इजलासले सोमबार मन्त्री पक्रन आदेश दिएको थियो ।
काठमाडौं । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान तथा धार्मिक आस्थाका...
काठमाडौं : बागमती प्रदेश सरकारले उद्योग, ऊर्जा तथा सामाजिक विकाससँग सम्बन्धित तीनवटा महत्त्वपूर्ण निर्णय गरेको छ। बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद्...
काठमाडौं । नेकपा (एमाले) बाट बागमती प्रदेश सरकारमा सहभागी ६ जना मन्त्रीले गर्ने भनिएको सामूहिक राजीनामा अन्तिम समयमा स्थगित भएको...