प्रदेश १को संसदीय दलको नेतामा कांग्रेसका देउवा, कोइराला र सिटौला समूहका ३ सांसद प्रतिष्पर्धामा – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

प्रदेश १को संसदीय दलको नेतामा कांग्रेसका देउवा, कोइराला र सिटौला समूहका ३ सांसद प्रतिष्पर्धामा


बिराटनगर । नेपाली कांग्रेस प्रदेश नम्वर १ संसदीय दलको नेतामा तीन जना प्रदेश सांसादबीच प्रतिष्पर्धा हुने भएको छ ।

प्रदेश नम्वर १ नेपाली कांगेस प्रदेश संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समिति २०७९का संयोजक रमेशजंग रायामाझीका अनुसार प्रदेश सभा सदस्य अमृत अर्याल, उद्धव थापा र केदार कार्कीबीच प्रतिष्पर्धा हुन लागेको हो ।

प्रदेश संसदीय दलको नेतामा प्रतिष्पर्धामा उत्रिएका पार्टी केन्द्रीय सदस्य समेत रहेका अर्याल पार्टी संस्थापन पक्षधरका हुन् भने प्रदेश नम्वर १ कार्यसमिति सभापति थापा नेता कृष्णप्रसाद सिटौला पक्षधर हुन् । अर्का उम्मेदवार कार्की १ नम्वर प्रदेश सरकारका कानून तथा आन्तरिक मामिला मन्त्री हुन् । कार्की नेता डा. शेखर कोइराला समूहका उम्मेदवार हुन् ।

९३ जना प्रदेश सदस्य रहेको प्रदेश नम्वर १ मा कांग्रेसका २९ सांसद रहेका छन् । अर्याल र कार्की क्रमश मोरङको क्षेत्र नम्वर ५ ‘क’ र ६ ‘ख’बाट प्रत्यक्षमा निर्वाचित हुन भने थापा समानुपातिक सांसद हुन् ।

आज पुस १४ गते १२ देखि १ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएकोमा केन्द्रीय सदस्य अर्याल, प्रदेश प्रमुख थापा र प्रदेश मन्त्री कार्कीले उम्मेदवारी दिएका हुन् ।

यो प्रदेशमा सभापति देउवा पक्षधर प्रदेश सांसदको सख्या ११ देखि १२, कोइराला पक्षधर १० देखि ११ र सिटौला पक्षधर ९ देखि १० जनासम्म रहेको छ । संसदीय दलको नेता विजयी हुन खसेको मतको ५० प्रतिशत कटाउनु पर्छ । पहिलो चरणको निर्वाचनबाट संसदीय दलको नेता निर्वाचित हुन १५ मत चाहिन्छ ।

सम्बन्धित समाचार

समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
  • २०७९ पुष १४, १५: ३९

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...

हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
  • २०७९ पुष १४, १५: ३९

  १.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०७९ पुष १४, १५: ३९

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...