
पोखरा । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश संसदीय दलको नेतामा हरिबहादुर चुमानलाई चयन गर्ने निर्णय गरेको छ ।
माओवादी गण्डकी प्रदेश कमिटीको शनिबार र आइतबार बिहान बसेको बैठकले पार्र्टीको केन्द्रीय कमिटीको सल्लाहमा चुमानलाई सर्वसम्मत दलको नेता बनाउने निर्णय गरेको हो ।
पार्टीले चुमानलाई दलको नेतामा चयन गर्ने निर्णय गरे पनि संसदीय दलको बैठक बसेर औपचारिक निर्णय गर्न बाँकी रहेको प्रदेश कमिटी इन्चार्ज हितराज पाण्डेले जनाए ।
माओवादी संसदीय दलमा गोरखाका कृष्ण धितालले दाबी गरेका थिए । चुमान माओवादी महासचिव देव गुरुङ समूहका हुन् भने धिताल उपाध्यक्ष नारायणकाजी श्रेष्ठ समूहका हुन् ।
चुमान यसअघि पनि संसदीय दलको नेता थिए । एमाले–माओवादी मिलेर बनेको नेकपाका तर्फबाट पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्री थिए । अघिल्लो निर्वाचनमा गण्डकीमा १२ सिट जितेको माओवादीले अहिले जम्मा ८ सिट जितेको छ । तर, सरकार बनाउन माओवादी गण्डकीमा पनि निर्णायक शक्ति हो ।
६० सदस्यीय प्रदेश सभामा एमालेका २२, माओवादी ८ र राप्रपाका २ सांसद मिले सरकार बनाउन बहुमत पुग्ने देखिन्छ । गण्डकीमा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसबाट २७ जना सांसद छन् ।
मनाङबाट स्वतन्त्र जितेका दीपक मनाङे प्रवेश गरेपछि शून्य रहेको एकीकृत समाजवादीबाट पनि एक सांसद भएका छन् । गण्डकी प्रदेशमा सबै दलले संसदीय दलको नेता चुनिसकेका छन् ।
एमालेमा खगराज अधिकारी, कांग्रेसमा सुरेन्द्रराज पाण्डे, माओवादीमा चुमान र राप्रपामा पञ्चराम तमु दलको नेता चयन भएका छन् ।
वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...
१.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...