दुई वर्षअघि छिमेकी मुलुक चीनबाट फैलिएको ‘कोभिड १९’ को संक्रमणबाट विश्व मानवजगत नै अछुतो रहन सकेन । यसले विश्वभर पारेको मानवीय क्षतिका अतिरिक्त आर्थिक, सामाजिक र पारिवारिक अनि मनोबैज्ञानिक असरले समाज प्रभावित भइरहेको बेला यो महामारीले पुन विकाराल रुप लिन लागेको छ ।
चीन र भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्टले विश्वका शक्ति सम्पन्न राष्ट्रहरुलाई पनि तर्साईरहेको छ । विश्व स्वाथ्य संगठनले समेत कोरोना महामारीको सम्भावना अझै वाँकी रहेको भन्दै विश्वभरका मुलुकलाई सचेत रहन सुझाव दिइरहेको छ ।
महामारीको प्रकोप फैलिएपछि राज्यले नियन्त्रणका लागि गरेका प्रयासहरु निकै महङ्गो, झन्जटिलो र कठीन हुन्छ । त्यसैले विश्व स्वास्थ्य संगठनले कोरानाको महामारी फैलिनु अघि नै यसलाई नियन्त्रणको लागि गरिएका प्रयासहरु महामारी फैलिएपछिको अवस्थामा भन्दा निकै असरदार र उपयोगी हुन सक्छन भनेर सम्झाई रहेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले समेत छिमेकी मुलुक चीन र भारतमा देखिएको ‘बी एफ ७’ नामक कोरोनाको प्रजातिको नयाँ भेरियन्ट चाँडै नै अरु मानिसमा सार्ने खालको रहेको जनाएको छ । मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाको अध्ययन अनुसार कोरोना भाइरसको अन्य प्रजाति भन्दा ‘बी एफ ७’ तीनदेखि चार गुणासम्म संक्रमण सार्ने गरेको छ ।
चीन र भारत जस्ता विश्वकै धेरै जनसख्या भएका मुलुकमा यो भेरियन्ट देखिएपछि यसको असर नेपालमा प्रत्यक्ष पर्ने सम्भावना बढेर गएको छ । यो भेरियन्ट भारतमा देखिनुले नेपाली नागरिक सचेत र सतर्क हुनु अनिवार्य छ । नेपालसँग भारतको खुल्ला सीमा हुनु, दुबै देशका नागरिकबीचको ऐतिहासिक, सामाजिक, पारिवारिक र आर्थिक सम्वन्धका कारण भारतमा यसको संक्रमण देखिनु नेपालको लागि चिन्ताको विषय हो ।
नेपालमा एक महिनामा विभिन्न ठाउँमा गरिएको भाइरस नमुना परिक्षणबाट नेपालमा त्यस्तो भेरियन्ट हाललाई देखिएको छैन । तर पुस ११ गते नेपालमा एक जनालाई यो संक्रमण देखिएसँगै स्वास्थ्य तथा जनसख्या मन्त्रालयले सतर्कताको लागि आमनागरिक राज्यको ध्यानाकर्षण गराएको छ ।
यस्तो महामारीबाट समयमै बच्न र सतर्कता अपनाउन सरकारले नेपाल र भारतका सीमा, अन्तराष्ट्रिय विमानस्थलबाट नेपाल प्रवेश गर्ने व्यक्तिको ज्वरो नाप्ने र शंकास्पद व्यक्तिको एन्टिजेन्ट परिक्षण र जीन सिक्वेन्सिङ गर्ने कार्यलाई अनिवार्य गर्नु पर्ने देखिन्छ । यसको लागि सिंगो राज्यको ध्यान जान जरुरी छ भने सचेतना र जागरणको अभियानलाई राज्य, गैरसकारी संस्थाहरुले द्रूत गतिमा संचालन गर्नु पर्ने देखिन्छ ।
काठमाडौं। काठमाडौं जिल्लाको चन्द्रगिरि नगरपालिका वडा नं ४ स्थित थानकोटमा प्रसुति विशेषज्ञ अस्पताल निर्माण हुने भएको छ। चन्द्रागिरि नगरपालिकाका प्रमुख...
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्यकर्मीको सुरक्षामा असुरक्षित ठानिएका अस्पतालमा सरकारले हतियारसहितका सुरक्षाकर्मी राख्ने बताएका छन् । शिक्षा,...
दमौली । दमौलीस्थित दुई मेडिकल हलका सञ्चालक पक्राउ परेका छन् । आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गई बिरामीलाई भर्ना गरी उपचार...