एकताको प्रयास, अधिवेशन नगर्ने बहाना – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

एकताको प्रयास, अधिवेशन नगर्ने बहाना

दुई बर्ष पाँच महिनाअघि मधेश केन्द्रीत ६ दल एकीकरण भइ गठन भएको राजपामा ५ दलका अध्यक्षहरु नै हाल आलोपालो अध्यक्ष मण्डलको संयोजक हुँदै आएका छन । एक बर्षभित्र महाधिवेशन गर्ने भनेको राजपाले डेढ बर्ष समय गुजारे पनि महाधिवेशनको सुरसार गरेको छैन ।

अन्तिम पटक भन्दै राजपा अध्यक्ष मण्डलले कात्तिकको अन्तिम साता एकीकृत पार्टीको पहिलो महाधिवेशन गर्ने भनेर घोषणा गरेको छ । तर गत वर्ष मंसिरदेखि स्थानीय तहमा सदस्यता वितरण गरी त्यसको विवरण र शुल्क सहित केन्द्रमा बुझाउन आग्रह गरिए पनि कार्यान्वयन भएको छैन ।

राजपामा कतिजनाले सदस्यता लिए भन्ने बारेमा पार्टी केन्द्रीय कार्यालयलाई केही जानकारी छैन । महाधिवेशन गर्न सकस देखिएपछि मधेश केन्द्रीत दलहरु सवैले पार्टी एकीकरणलाई नै हतियार बनाउने गर्छन ।

गत बैशाख २५ देखि ३० गतेसम्म महाधिवेश गर्ने भनेको समाजवादी फोरमले नयाँशक्तिसँग पार्टी एकीकरण गरेको थियो । उसले महाधिवेशनलाई टार्न यसअघि असोक राई नेतृत्वको संघीय समाजवादी नेपालसँग एकीकरण गरेको थियो । राजपासँग आवद्ध ६ दलमध्ये महन्थ ठाकुर नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टीले मात्र महाधिवेशन गरेको थियो ।

साढे दुई बर्षसम्म पार्टीको महाधिवशेन गर्न नसकेको राजपाले महाधिवेशन टार्नकै लागि पार्टीसँग एकताको नाटक रच्ने गरेको आरोप खेपिरहेको छ । राजपामा १८ सय सदस्यीय केन्द्रीय समिति छ भने समाजवादी पार्टीमा ६ सय सदस्यीय छ ।

सम्बन्धित समाचार

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०७६ भाद्र ९, ०६: २४

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०७६ भाद्र ९, ०६: २४

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...

राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
  • २०७६ भाद्र ९, ०६: २४

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...