दुई बर्ष पाँच महिनाअघि मधेश केन्द्रीत ६ दल एकीकरण भइ गठन भएको राजपामा ५ दलका अध्यक्षहरु नै हाल आलोपालो अध्यक्ष मण्डलको संयोजक हुँदै आएका छन । एक बर्षभित्र महाधिवेशन गर्ने भनेको राजपाले डेढ बर्ष समय गुजारे पनि महाधिवेशनको सुरसार गरेको छैन ।
अन्तिम पटक भन्दै राजपा अध्यक्ष मण्डलले कात्तिकको अन्तिम साता एकीकृत पार्टीको पहिलो महाधिवेशन गर्ने भनेर घोषणा गरेको छ । तर गत वर्ष मंसिरदेखि स्थानीय तहमा सदस्यता वितरण गरी त्यसको विवरण र शुल्क सहित केन्द्रमा बुझाउन आग्रह गरिए पनि कार्यान्वयन भएको छैन ।
राजपामा कतिजनाले सदस्यता लिए भन्ने बारेमा पार्टी केन्द्रीय कार्यालयलाई केही जानकारी छैन । महाधिवेशन गर्न सकस देखिएपछि मधेश केन्द्रीत दलहरु सवैले पार्टी एकीकरणलाई नै हतियार बनाउने गर्छन ।
गत बैशाख २५ देखि ३० गतेसम्म महाधिवेश गर्ने भनेको समाजवादी फोरमले नयाँशक्तिसँग पार्टी एकीकरण गरेको थियो । उसले महाधिवेशनलाई टार्न यसअघि असोक राई नेतृत्वको संघीय समाजवादी नेपालसँग एकीकरण गरेको थियो । राजपासँग आवद्ध ६ दलमध्ये महन्थ ठाकुर नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टीले मात्र महाधिवेशन गरेको थियो ।
साढे दुई बर्षसम्म पार्टीको महाधिवशेन गर्न नसकेको राजपाले महाधिवेशन टार्नकै लागि पार्टीसँग एकताको नाटक रच्ने गरेको आरोप खेपिरहेको छ । राजपामा १८ सय सदस्यीय केन्द्रीय समिति छ भने समाजवादी पार्टीमा ६ सय सदस्यीय छ ।
काठमाडौं : बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा...
काठमाडौँ : काठमाडौँको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको निधन भएको छ। राउतको वीर अस्पतालमा उपचारका क्रममा निधन...
काठमाडौँ । संसदको प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतक वासना थापाले सामाजिक सँजाल मार्फत सरकारलाई खवरदारी गरेकि छिन ।उनले सुकुम्बासीहरुलाई सुरक्षित...