
काठमाडौं । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच एकता हुने भएको छ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईको शनिबार भएको भेटमा दुई पार्टीबीचको एकता प्रक्रियाका विषयमा छलफलल भएको हो ।
दुई शीर्ष नेताको भेटमा सहभागी नेपाल समाजवादीका नेता विश्वदीप पाण्डेले समसामयिक राजनीति लगायत विविध विषयमा अन्तरङ्ग छलफल भएको बताए । बालुवाटारमा भएको भेटमा पार्टी एकताको मोडेल, विश्वासको मतका लागि राम्रो वातावरण बनाउने लगायतका विषयमा छलफल भएको थियो ।
पार्टी एकतालाई मूर्त रुप दिन नेकपा माओवादी केन्द्रले आफ्नो पदाधिकारी बैठकबाट औपचारिक रुपमा अघि बढाउने भएको छ । पार्टी एकताको विषय अघि बढेको र कार्यगत एकताका विषयमा कुराकानी भइहेको र पार्टीको नामका विषयमा पनि दुई दलबीच परामर्श भइरहेको नेताहरूले बताएका छन् ।
२०७२ सालमा नेकपा माओवादी त्यागेर डा भट्टराईले नयाँ शक्ति पार्टी गठन गरेका थिए । उनले ०७६ साल वैशाख २१ गते उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँग एकता गरेका थिए । एकतापछि समाजवादी पार्टी नेपाल बनेको थियो । २०७९ असारमा भट्टराइले नेपाल समाजवादी पार्टी गठन गरेका थिए ।
वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...
१.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...